भक्तपुरमा स्कुटर दुर्घटना : चालकको ज्यान गयो

ByLumbini Darpan Online

१६ मंसिर २०७७, मंगलवार ०३:१८ १६ मंसिर २०७७, मंगलवार ०३:१८ १६ मंसिर २०७७, मंगलवार ०३:१८

लुदअ मंसिर १६, काठमाण्डौ
भक्तपुरको एसओएस चोकमा स्कुटर पल्टि‌ँ‌दा चालकको ज्यान गएको छ ।

गएराति सवा १० बजे थिमि नगरपालिका वडा नम्बर ४ मा पर्ने एसओएस चोकमा बा ७३ प ३८२ नम्बरको स्कुटर पल्टिँदा भक्तपुरमै बस्ने २९ वर्षका राजु तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका तामाङलाई अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *