हिउँदेबालीका लागि मलको अभाव नहुने, तोकिएका मल बिक्रेतासँग सम्पर्क गर्न आग्रह

[sharethis-inline-buttons]
Image XYZ Image XYZ
लुदअ मंसिर १६, काठमाण्डौ

हिउँदेबालीका लागि आवश्यक मलको अभाव नहुने भएको छ । धानबालीका लागि मलको अभाव खेपेका किसानले गहुँ तथा आलु सहित हिउँदेबालीका लागि मल पर्याप्त पाउने भएका हुन् ।
सरकारले खरिद गरेको मल आइरहेको र हिउँदेबालीका लागि अभाव नहुने कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार अहिले गहुँ लगाउँदै गरेका किसानका लागि मलको अभाव हुनेछैन । सरकारले स्विस सिंगापुर सप्लायरमार्फत् चीनबाट खरिद गरेको ३० हजार मेट्रिक टन युरिया नेपाल भित्रिएको छ ।

डीएपी र पोटास मल भने नेपाल आइपुगेको छ । कृषि सामग्री कम्पनीका प्रवक्ता विष्णुप्रसाद पोखरेलका अनुसार १९ हजार टन डीएपी र १० हजार टन पोटास आएको छ । भारतीय सप्लायर इण्डियन पोटास लिमिटेड ९आईपीएल० मार्फत साउदी अरेबियाबाट डीएपी र बेलारुसबाट पोटास खरिद गरिएको हो ।

कृषि सामग्री कम्पनीले प्राप्त गरेको मल गहुँ, आलु तथा हिउँदेबालीमा प्रयोग हुनेछ । कृषि सामग्री कम्पनीले धानबालीमा माग अनुसार मल आपूर्ति गर्न नसकेको तर गहुँ तथा हिउँदे बालिका लागि मल पर्याप्त रहेको जनाएको छ । साथै मल वितरणका लागि निर्देशिका अनुसार पालिका तहमा बिक्रीका लागि तोकिएका मल बिक्रेताहरु मार्फत बिक्री बितरण भैरहेको छ ।


प्रकाशित : २०७७ मंसिर १६, मंगलवार ०३:४१