Latest Posts

प्रदेशमा एक हजार सिलिन्डर अक्सिजन मौज्दात राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

  लुदस, काठमाडौं , साउन, ११ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात वटै प्रदेश आपूर्ति केन्द्रलाई कम्तीमा पनि एक...

कांग्रेसको पदाधिकारी बैठक बस्दै

लुदस, काठमाडौं, साउन ११ नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । स्थगित भएको अधिवेशनको नयाँ मिति तय...

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दियो

  लुदस,काठमाडौँ,साउन ११ निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ। आज केन्द्रीय कार्यकारिणी परिषद्का बहुमत सदस्यको...

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दियो

लुदस,काठमाडौँ,साउन ११ निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ। आज केन्द्रीय कार्यकारिणी परिषद्का बहुमत सदस्यको हस्ताक्षर...

रुपन्देहीमा आज ४६ संक्रमित थपिदा , २६ जना संक्रमणमुक्त २ को मृत्यु

बुटवल साउन ११ रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४६ जना नयाँ संक्रमित थपिदा २६ जना संक्रमणमुक्त छन्। पछिल्लो २४...

Latest Posts

प्रदेशमा एक हजार सिलिन्डर अक्सिजन मौज्दात राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

  लुदस, काठमाडौं , साउन, ११ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात वटै प्रदेश आपूर्ति केन्द्रलाई कम्तीमा पनि एक हजार वटा अक्सिजनका सिलिण्डर भरेर राख्न निर्देशन दिएको छ । मन्त्रालयले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै विगतका दिनहरुमा जस्तै कोरोना...

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस, विश्वमा ४१ लाख श्रमिक जबर्जस्ती जोखिमपूर्ण काममा

लुदअ मंसिर १७, काठमाण्डौ
आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस । हरेक वर्षको डिसेम्बर २ का दिन दासप्रथा उन्मूलन दिवसका रुपमा संयूक्त राष्ट्रसंघ र यसका सदस्य राष्ट्रलगायत संसारभर मनाउने चलन छ ।

सन् १९४९ देखि यो दिवस मनाइँदै आएको छ । अन्तर्राष्ट्रिय श्रम संगठनको प्रतिवेदनका अनुसार अहिले पनि संसारभर ४१ लाख श्रमिकलाई जबर्जस्ती जोखिमपूर्ण काम गर्न लगाइएको छ । यस्ता श्रमिकमा महिला र बालबालिकाको संख्या धेरै छन् । नेपालमा श्री ३ चन्द्र शमसेर जंगबहादुर राणाले झण्डै ९४ वर्ष अगाडि १९८३ सालमा दास प्रथा उन्मूलनको घोषणा गर्नुभएको थियो ।

नेपालमा आन्तरिक तथा बाह्य बेचबिखन जस्ता आधुनिक दासत्व बढिरहेको यस क्षेत्रका जानकारहरु बताउँछन् । परापूर्वकालमा कुनै राज्यमा अर्को राज्यका सैनिकले विजय गरेपछि हारेको राज्यवासीलाई दास राख्ने चलन रहेको थियो।

अझै पनि मानव तस्करी गरेर अमानवीय र जोखिमपूर्ण काम गराउने, यौन धन्दामा लगाउने, मानव अंग तस्करी गर्ने गिरोहहरुले दास प्रथाको झल्को दिने काम भैरहेको छ । कमैयाप्रथा, हलिया, कमलरी या अन्य स्वरुपका चलनहरु एकप्रकारको शोषण अनि दासताको उदाहरणका रुपमा नेपालमा कहीँकतै अझै पनि रहेको पाइन्छ ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *