पाल्पामा २ जना कोरोना संक्रमितको मृत्यु

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ १७ मंसिर, बुटवल
पाल्पा र स्याङजाका थप एकरएकजना कोरोना संक्रमितको उपचारको क्रममा पाल्पामा मृत्यु भएको छ ।
पाल्पाको बगनासकाली गाउँपालिका(१ का ३८ वर्षीय पुरुष र स्याङजाको गल्याङ नगरपालिका(४ का ३९ वर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

मेडिकल कलेजका अनुसार पाल्पाका पुरुषमा मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको र १४ गते अस्पताल भर्ना भएका थिए ।

मंसिर १ गते अस्पताल भर्ना भएका स्याङजाका पुरुषमा मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य कार्यालय पाल्पाका अनुसार जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।


प्रकाशित : २०७७ मंसिर १७, बुधबार ०३:२४