सडक अस्तव्यस्त : ट्राफिक प्रहरी १३ सय, सवारी साधन संख्या १२ लाख

[sharethis-inline-buttons]

लुदअ काठमाडौं, मंसिर १८
केही दिनअघि मात्र महानगरीय ट्राफिक महाशाखामा प्रहरी वरिष्ठ उपरीक्षक जनकराज भट्टराई नियुक्त भएका छन्।

महाशाखा आएका भट्टराईले ट्राफिक जाम र दुर्घटना कम गर्न भएका कामलाई आफूले निरन्तरता दिने बताएका छन्। महाशाखामा आउने प्रमुखको मुख्य चुनौती नै उपत्यकामा सवारी व्यवस्थापन हो।

यसअघि करिब १५ महिना महाशाखामा प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले नेतृत्व गरे। उनले सवारी व्यवस्थापनदेखि लिएर दुर्घटना कम गर्न विभिन्न योजना ल्याए। केहीमा उनी सफल भएपनि पूर्णरुपले ट्राफिक व्यवस्थापन हुन सकेन्। उनले डमीबाट सवारी सतर्कतादेखि साझेदारी सवारी व्यवस्थापनका लागि स्वयंसेवाका कार्यहरू ल्याएर सचेतना फैलाउने काम गरे। यो अभियान अहिले पनि जारी छ।

यति मात्र होइन सडकमा वरिष्ठ अधिकृतहरूको अनुहार पनि देखिन हम्मे हम्मे पर्ने अवस्थामा ढकाल आफै्र सडकमा उत्रिएर छड्के चेक गरे। ट्राफिक व्यवस्थापनका लागि चोक चोकमा पुगे। यी कामका कारण उनको निकै चर्चा पनि भयो।

ट्राफिकका नवनियुक्त प्रमुख भट्टराईले पनि यी कामलाई पूर्णरुपले कार्यान्वयन गरी अगाडी बढ्ने बताए। ुहामीले पहिल्यैदेखि हुँदै आएका कामलाई निरन्तरता दिँदै व्यवस्थापनका थप योजना ल्याउँदैछौं, यसका लागि गृहकार्य भइरहेको छ,ु भट्टराईले भने, ुमेरो पहिलो ध्येय भनेको उपत्यकामा हुने ट्राफिक जाम र दुर्घटना कम गर्न भएका कामलाई निरन्तरता दिने नै हो।ु

१३ सय ट्राफिकले १२ लाख सवारी व्यवस्थापन गर्न सक्लान् ?

यातायात व्यवस्था विभागले तयार पारेको तथ्यांक हेर्दा काठमाडौं उपत्यकामा करिब १२ लाख सवारीसाधन छन्‌। १३ लाख सवारीसाधनलाई सडकमा व्यवस्थापन गर्न सरकारले जम्मा १३ सय ट्राफिक प्रहरी खटाएको छ।

सवारीसाधन संख्या बढ्दै जाने, तर सडकमा ट्राफिक प्रहरीको संख्या सीमित राख्दा अब सवारी व्यवस्थापन गर्न कठिन हुने पक्कापक्की छ। अब ट्राफिक प्रहरी संख्या थप्नुपर्ने आवश्यकता रहेको भट्टराई बताउँछन्‌।


प्रकाशित : २०७७ मंसिर १८, बिहीबार ०३:५९