कोरोना प्रभावित ऋणीको धितो लिलामी नहुने, व्यवसायीको लागि लचिलो बन्ने गभर्नरको भनाइ

[sharethis-inline-buttons]

लुदअ मंसिर १८, काठमाण्डौ
कोरोना प्रभावित ऋणीको धितो लिलामी नहुने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै ६ महिनाभन्दा बढी ब्याज भुक्तानी बक्यौता नभएका कोरोना प्रभावित ऋणीको धितो लिलाम नहुने व्यवस्था जनाएको छ ।

यसलाई नीतिगत व्यवस्थाकै रुपमा परिभाषित गरेर बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइने राष्ट्र बैंकले जनाएको छ । बैंकले धितो लिलामी गर्न लागेको गुनासो गर्दै केही व्यवसायीहरुले राष्ट्र बैंकको सहयोग मागेका थिए ।

समीक्षा कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले कोरोनाको महामारी रहेसम्म व्यवसायीको लागि लचिलो बन्ने बताउनुभयो । ब्याजदरलाई नियन्त्रण गरिने, सहुलियत ब्याजदर लागू गरिने, पुनर्कर्जालाई प्रभावकारी बनाउने लगायतका आश्वासन पनि उहाँले दिनुभएको छ ।


प्रकाशित : २०७७ मंसिर १९, शुक्रबार ०१:२४