बनेपामा मोटरसाइकल ठोक्किँदा २ जनाको ज्यान गयो, ३ जना घाइते

[sharethis-inline-buttons]

लुदअ मंसिर २२, काभ्रे
काभ्रेको बनेपामा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।

बनेपाबाट धुलिखेल जाँदै गरेको ना १२ प ७४२९ नम्बर र प्रदेश २, ०१७ प २७०८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा प्रदेश २, ०१७ प २७०८ नम्बरको मोटरसाइकलको पछाडि बस्ने सिन्धुपाल्चोक चौताराका २८ वर्ष हरिकृष्ण बस्नेत र ना १२ प ७४२९ नम्बरको मोटरसाइकल चालक धुलिखेल ६ का २० वर्षका सत्यमान तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुको उपचारका क्रममा धुलिखेल अस्पतालमा ज्यान गएको हो । घाइते तीन जनाको पनि धुलिखेल अस्पतालमा नै उपचार भइरहेको छ ।


प्रकाशित : २०७७ मंसिर २२, सोमबार ०३:२१