Latest Posts

सरकारमा सहभागी हुन माधव नेपाललाई आयो दबाब

लुदस ,काठमाडौँ, साउन १३ एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई उनी निकट सांसदले सरकारमा सहभागी हुन दबाब दिएका छन्...

टोकियो ओलम्पिकमा गौरिकाले तोडिन् आफ्नै रेकर्ड

लुदस ,काठमाडौं , साउन १३ जापानको टोकियोमा जारी ३२ औँ गृष्मकालीन ओलम्पिकमा नेपालकी पौडि खेलाडी गौरिका सिंहले राष्ट्रिय...

नगरकै नमुना सैनामैना नमुना माध्यमिक विद्यालयले बिज्ञान विषय सञ्चालन गर्ने

हरि आचार्य, रुपन्देही रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको नगरपालिकाकै नमुना विद्यालय सैनामैना नमुना माध्यमिक विद्यालयले बिज्ञान विषय सञ्चालन गर्ने...

आज ३ हजार ८४० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

  लुदस, काठमाडौ,साउन १३ पछिल्लो २४ घन्टामा ३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि हुदा १...

आजको सेयर बजार

काठमाण्डौ ,साउन १३ सेयर बजार कारोबार मापक नेप्से आज उच्च विन्दुले उकालो लागेको छ । आज नेप्से परिसूचक...

Latest Posts

सरकारमा सहभागी हुन माधव नेपाललाई आयो दबाब

लुदस ,काठमाडौँ, साउन १३ एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई उनी निकट सांसदले सरकारमा सहभागी हुन दबाब दिएका छन् । नेपालसँग बुधबार भएको छलफलमा सांसदहरूले सरकारमा सहभागी हुनुपर्नेमा जोड दिएका हुन् । तर, नेपालले भने सांसदको कुरा सुने पनि कुनै...

पुनर्निर्माण प्राधिकरणको अवधि एक वर्ष थप

लुदअ मंसिर २२, काठमाण्डौ
नेपाल सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यावधि एक वर्ष थप गरेको छ ।

मन्त्रिपरिषद्को यही मङ्सिर १५ गते बसेको बैठकले प्राधिकरणको म्याद २०७७ पुस १० गतेदेखि एक वर्षका लागि थप गरेको हो । भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐन २०७२ को दफा ३ को उपदफा ९३० बमोजिम प्राधिकरणको अवधि एक वर्ष थप गरिएको मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

थपिएको एक वर्षमध्ये २०७८ असार मसान्तसम्मको अवधिमा प्राधिकरणले चालू आव २०७७र७८ मा विनियोजित बजेटअन्तर्गतका काम कार्यान्वयन गर्नेछ । आउँदो आर्थिक वर्षको बाँकी अवधि ९२०७८ साउन १ गतेदेखि २०७८ पुस १० गते० मा भने प्राधिकरणले निजी आवास, सिंहदरबार, रानीपोखरी एवं धरहरा पुनर्निर्माणसँग सम्बन्धित अन्तिम फर्छ्योट गर्ने जनाइएको छ । यस अवधिमा लेखा स्रेस्ता अद्यावधिक गर्ने, लेखा परीक्षण गर्ने गराउने तथा प्राधिकरणको जिम्मेवारी र सम्पत्ति नेपाल सरकारले तोकेका निकायमा हस्तान्तरण गर्ने कार्य पनि सम्पादन हुनेछन् ।

यसअघि २०७७ असोज ५ गते प्रधानमन्त्री एवं प्राधिकरणको निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बसेको बैठकले प्राधिकरणको कार्यावधि एक वर्ष थप गर्न सिफारिस गरेको थियो । निर्देशक समितिको बैठकले विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड–१९ का कारणले सिर्जना गरेको जोखिमपूर्ण अवस्था, स्रोत व्यवस्थापनमा उत्पन्न कठिनाइ र निजी आवास पुनर्निर्माणतर्फ सीमान्तकृत घरपरिवारले घर बनाइ नसकेका कारण म्याद थपको सिफारिस गर्ने निर्णय गरेको थियो ।

पुनर्निर्माणसम्बन्धी अन्य महत्वपूर्ण आयोजनालाई प्राधिकरणबाट नै मूलभूत रुपमा सम्पन्न गर्नका लागि थप समय आवश्यक भएको समितिको ठहर छ ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *