विदेशमा मात्रै झण्डै ४९ हजार नेपालीमा कोरोना सङ्क्रमण, ३ सय १ को ज्यान गयो

ByLumbini Darpan Online

२२ मंसिर २०७७, सोमबार ०४:५५ २२ मंसिर २०७७, सोमबार ०४:५५ २२ मंसिर २०७७, सोमबार ०४:५५

लुदअ मंसिर २२, काठमाण्डौ
विदेशका विभिन्न ४९ देशमा कार्यरत ४८ हजार ६ सय ३९ जना नेपाली कोरोना सङ्क्रमित भएका छन् । गैरआवासीय नेपाली संघ एनआरएनएकोे तथ्याँक अनुसार अहिलेसम्म सङ्क्रमित ४८ हजार ६ सय ३९ जना मध्ये ४४ हजार ६ सय ७१ जना निको भएका छन् । यो जम्मा सङ्क्रमितको ९१ प्रतिशत हो ।

यस्तै अहिलेसम्म विदेशका विभिन्न २० देशमा रहेका ३ सय १ जना नेपालीको कोरोनाबाट ज्यान गएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार गएको हप्ता मात्रै थप २ जना नेपालीको कोरोनाको कारण विदेशमा ज्यान गएको हो ।

जर्मनीमा १ र भारतमा थप १ जना नेपालीको नेपालीको कोरोना भाइरसका कारण गएको साता ज्यान गएको हो । कोरोना भाइरसका कारण जर्मनीमा रहेका नेपालीको ज्यान गएको पहिलो घट्ना भएको स्वास्थ्य समितिले जनाएको छ ।

स्वास्थ्य समितिका संयोजक डा। सञ्जीव सापकोटाका अनुसार यो साता जापान, साउदी अरब, यूएई, पोर्चुगल र भारतमा रहेका थप नेपालीहरुमा कोरोना देखिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *