
लुदअ मंसिर २२, दार्चुला
दार्चुलामा ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।
गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगाका लागि छुटेको ना ३ ख ३४८५ नम्बरको खाली ट्रक भर्तोला भन्ने ठाउँमा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो ।
चालक शेर सिंह कार्कीसहित अरु दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डीएसपी पदमबहादुर विष्टले जानकारी दिनुभयो । चालकबाहेक दुई जनाको परिचय खुल्न सकेको छैन ।

