निजी अस्पतालले कोभिड बहानामा ओपिडी शुल्क लिए कारबाही हुने (सुचना सहित)

लुदअ काठमाडौं, मंसिर २२
निजी अस्पतालले ओपिडी शुल्कमा कोभिड उपचार शुल्कसमेत लिएकाले त्यस्ता अस्पताललाई सरकारले कारबाही गर्ने भएको छ। कोभिडको बहानामा अन्य खर्चसमेत अस्पताले जोड्न थालेपछि सरकारले यस्तो चेतावनी दिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार निजी अस्पतालले कोभिड संक्रमितको उपचार गरे सरकारले आभार प्रकट गर्छ। कोभिडको नाममा अन्य अतिरिक्त शुल्क लिएको गुनासो बढेको छ। त्यसप्रति सरकारको आपत्ति छ।

कोभिड १९ संक्रमणले सबैलाई समस्या पारेको कठिन समयमा समेत यस किसिमको काम नगर्न उनले बताएका छन्।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *