ताजा अपडेट

एकल महिलाहरुलाई मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि ७ दिने तालिम प्रदान

कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

त्रिभुवन विमानस्थलबाट ६ किलो गाँजासहित २ भारतीय पक्राउ

मोटरसाइकल दुर्घटनामा परी गुल्मीमा एक युवकको मृत्यु

बाणगंगा ८ ढोडेकोलमा ‘बि.एम.किराना पसल एण्ड फ्रेस हाउस’ को उद्घाटन

राजमोद्धारा नदिको बर्बता रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो

मधेशका पूर्वअर्थमन्त्री विजय यादव र बागमतीका मेयर भरत थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लुम्बिनी प्रदेशको नयाँ रेकर्डः सांसदको भत्तामा २ करोड खर्च, कानुन निर्माण प्रक्रिया कमजोर बन्दै

लुम्बिनी दर्पण २०७७ मंसिर २२, सोमबार १४:२८
[sharethis-inline-buttons]
Image XYZ

लुदअ रूपन्देही, २२ मंसिर
लुम्विनी प्रदेश सभाका सांसदले बैठक भत्ता वापत २ करोड खर्च गरेको बिबरण वाहिर आएसंगै कति बैठक भए र कतिजना बैठकमा सहभागि भएका थिए ? भन्ने लेखाजोखा शुरु भएको छ । लुम्बिनी प्रदेशको प्रदेशसभाको छैटौं अधिवेशनसम्म १ सय ५७ वटा बैठक बसेका छन । नाम र स्थायी राजधानीको टुंगो लगाएपछि असोज २० यता प्रदेश सभा प्रायः सुनसान छ । प्रदेशसभा संघीयता कार्यान्वयन र प्रदेशका लागि आवश्यक नीति र कानुन निर्माण गर्ने मुख्य थलो हो । तीन तहको संघीयता कार्यान्वयनमा प्रदेशसभाले बेग्लै महत्व राख्छ ।

एकल अधिकार सूची अन्तर्गतका कानुन निर्माण र साझा अधिकार सूचीका कानुन निर्माणमा सहयोग गर्ने जिम्मेवारी पनि प्रदेशसभालाई छ । तर, त्यही प्रयोजनका लागि निर्वाचित प्रदेशसभा सदस्यले आफ्नै जिम्मेवारी अनुसारको महत्व बुझ्न नसक्दा लुम्बिनी प्रदेशमा कानुन निर्माण प्रक्रिया कमजोर बन्दै गएको छ । त्यसको परिणाम बनेको एक वर्ष नपुग्दै एउटै कानुन तीन पटकसम्म संशोधन भएका छन । लुम्बिनीमा ८७ प्रदेशसभा सदस्य छन । सभाको पहिलो अधिवेशनका सबै बैठकमा उपस्थित हुने सदस्यको संख्या २२ थियो । दोस्रो अधिवेशनमा त्यो घटेर ४ जनामा झ¥यो । तेस्रो बैठकमा ३ जना र चौथोमा ६ जना मात्र पूरै बैठकमा उपस्थित भए ।

पाँचौंमा ११ जना र छैटौं अधिवेशनसम्म आइपुग्दा ३१ जना मात्र पूरै बैठकमा उपस्थित थिए । बैठकमा ५० प्रतिशत पनि उपस्थिति नहुनेको संख्या हेर्दा पहिलोमा ५, दोस्रोमा ६, तेस्रोमा १४, चौथोमा ६, पाँचौंमा १० र छैटौंमा ६ जना मात्र छन । लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशनमा २२, दोस्रोमा २८, तेस्रोमा ३३, चौथोमा ३२, पाँचौंमा १० र छैटौं अधिवेशनमा ३२ वटा बैठक सम्पन्न भएका छन ।

लुम्बिनी प्रदेशसभामा ६ विषयगत समिति छन । प्रदेश सकारका कानुन, नीति निर्माण र काममा सहजीकरण गर्ने उद्देश्यले प्रदेशसभाले मन्त्रालयसँग मिल्ने गरी समिति बनाएको छ । प्रदेशमा अर्थ, उद्योग तथा पर्यटन, सामाजिक विकास, भौतिक पूर्वाधार विकास समिति, कृषि, वन तथा वातावरण समिति, प्रदेश मामिला तथा कानुन समिति र सार्वजनिक लेखा समिति छन । जुन मन्त्रालयले विधेयक तयार गरी सभामा पेस गरेको हो, सोहीअनुसारकै समितिमा विधेयक छलफलका लागि पठाउने अहिलेसम्मको अभ्यास छ । तर, कुनै पनि समितिमा विधेयकमाथि गम्भीर रूपले छलफल हुने गरेको छैन । धेरै समिति १५ सदस्यीय छन । तर, अधिकांश बैठकमा ‘कोरम’ नै नपुग्ने गरेको भन्दै सभापतिहरूले नै सभामुख गुहार्ने गरेका छन ।


प्रकाशित : २०७७ मंसिर २२, सोमबार १४:२८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना
  • त्रिभुवन विमानस्थलबाट ६ किलो गाँजासहित २ भारतीय पक्राउ
  • मोटरसाइकल दुर्घटनामा परी गुल्मीमा एक युवकको मृत्यु
  • राजमोद्धारा नदिको बर्बता रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र
  • सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो
प्रतिक्रिया

यो पनि पढौँ

बाणगंगा नदीमा चोरी तस्करीको अखडा, जोखिममा प्रगति ४ मौजा सिंचाई आयोजना

बुद्धशान्तिद्धारा आयोजित निसान स्मृति कप फुटवल खेल रोचक बन्दै

प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनीमा सोमवार सार्वजनिक बिदा

राजनैतिक भागवण्डा नमिल्दा त्रिशक्ति सामुदायिक वन समिति विहिन, अखडा बनेको भन्दै स्वतन्त्र समुहको तालाबन्दी

लुम्बिनी प्रदेश : सरकारलाई पूर्णता दिन ढिलाइ, ३ मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीमा

जितपुर–नन्दनगर नाली निर्माणमा ठेकेदारको गम्भिर लापरवाही, स्थानीयको गोठमा लेदो पस्यो

भारतबेन्जको पार्टर्स आउटलेट बुटवलमा

विद्यालयको जग्गामा टेन्डर गर्दा चलखेल  गरेको  आशङ्का 

लायन्स क्लब अफ बुटवल सेन्ट्रल को अध्यक्षमा बाल्दर

शुद्धोधनमा कालिका स्वावलम्बन सामाजिक केन्द्रद्धारा हात्ति पाईले रोग विरुद्ध सचेतना

रुपन्देही–५ मा काग्रेस बाट भरत शाह दम्पती नै सिफारिस

प्रदेश स्तरीय साथी सन्जाल गठन कार्यक्रम सम्पन्न

भर्खरै

  • एकल महिलाहरुलाई मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि ७ दिने तालिम प्रदान

  • कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

  • त्रिभुवन विमानस्थलबाट ६ किलो गाँजासहित २ भारतीय पक्राउ

  • मोटरसाइकल दुर्घटनामा परी गुल्मीमा एक युवकको मृत्यु

  • बाणगंगा ८ ढोडेकोलमा ‘बि.एम.किराना पसल एण्ड फ्रेस हाउस’ को उद्घाटन

  • राजमोद्धारा नदिको बर्बता रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

  • सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो

  • मधेशका पूर्वअर्थमन्त्री विजय यादव र बागमतीका मेयर भरत थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

  • राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

  • वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech