
लुदअ अर्घाखाँची, मंसिर २२
अर्घाखाँचीको प्रसिद्ध सुपादेउराली नजिकै भिरवाट खसेर १ जनाको मृत्यु भएको छ। अर्घाखाँचीकै पाणिनी गाउपालिका ७ का १९ बर्षिय अनिल आचार्य सुन्तला बेच्ने क्रममा भिर बाट खस्दा ज्यान गएको ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक बाबूराम बस्नेतले जानकारी दिए ।
मन्दिर नखुले पनि आन्तरिक पर्यटकहरु बढेकाले सुपा देउरालीमा व्यापार बढ्न थाले सँगै आचार्य समेत सुन्तला बिक्री गर्न सुपा देउराली आउने गरेको स्थानियले जानकारी दिए ।
भिरबाट झन्डै ३ सय मिटर तल खस्दा घट्ना स्थलमै मृत्यु भएको प्रहरिले जनाएको छ उनको शव पोस्ट्माटमको लागि जिल्ला अस्पताल सन्धिखर्क पठार्इएको प्रहरीले जनाएको छ ।