लुदअ रुपन्देही, मंसिर २३
अन्तर्राष्ट्रिय पर्यटकीयस्थल लुम्बिनीमा पर्यटक तथा स्थानीयवासीमा भरपर्दो स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले तीन सय श्ययाको अस्पताल बनाउने तयारी भएको छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ११ स्थित कोठीनदी नजिकै दश बिगहा जग्गामा सो अस्पताल बनाउन लागिएको हो ।
दातृ संस्थाको आर्थिक सहयोगमा सो अस्पताल बनाउने तयारी गरिएको लुम्बिनी बिकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठीले जानकारी गराए ।