गोरखाको जंगलमा भरुवा बन्दुक भेटियो

[sharethis-inline-buttons]

लुदअ २३ मंसिर, गोरखा
गोरखाको पालुङटार नगरपालिका–६ को घिमिरेचोक बर्षले सामुदायिक वनमा भरुवा बन्दुक फेला परेको छ ।

इलाका प्रहरी कार्यालय ठाटीपोखरीबाट गस्ती गएको प्रहरी टोलिले शनिवार साँझ जंगलमा बन्दुक भेटेको हो ।

वन्यजन्तुको शिकारका लागि उक्त बन्दुक प्रयोग भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । ‘यो जंगल कालिज पाउने क्षेत्र रहेछ,’ इलाका प्रहरी कार्यालय ठाटीपोखरीका प्रहरी निरिक्षक सोमदास ढकालले भने, ‘त्यसकै शिकार गर्न यो बन्दुक प्रयोग भएको हुनसक्ने आशंका छ ।’

सडक छेऊ बन्दुक भेटिए पनि वरिपरि मान्छे नभेटिएको उनले बताए । हाल बरामद बन्दुकलाई इलाका प्रहरी कार्यालय, ठाटीपोखरीमा राखिएको डिएसपी वासुदेव खतिवडाले जानकारी दिए ।


प्रकाशित : २०७७ मंसिर २३, मंगलवार ०२:३४