संसदमा ५० भन्दा बढी विधेयक अलपत्र

लुदअ २३ मंसिर, काठमाडौं
संघीय संसदमा ५० भन्दा बढी विधेयक अलपत्र परेका छन् । राजनीतिक विमती र संसदीय समितिको सक्रियताको कमीका कारण दुई वर्षदेखि संसदमा अड्किएका विधेयकको संख्या मात्रै नौ छ ।

संसद सचिवालयका अनुसार प्रतिनिधि सभामा दर्ता भई वितरण मात्रै गरिएका विधेयकको संख्या सात छ । सभामा प्रस्तुत भएर रोकिएका विधेयक चार वटा छन् भने राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा पुगेका ६ वटा विधेयक अघि बढ्न सकेको छैन ।

बिभिन्न १० वटा विधेयक संसदीय समितिमा छलफलमा छन् । संसदीय समितिबाट पारित भएर प्रतिनिधि सभामा प्रतिवेदनसहित पाँच विधेयक पेश भएका छन् । संसद नहुँदा प्रतिनिधि सभामा दर्ता भएका पाँच वटा गैरसरकारी विधेयकमाथिको छलफल पनि रोकिएको छ । विभिन्न १४ वटा विधेयक राष्ट्रिय सभाको प्रक्रियामा छन् ।

यस्तै, विभिन्न आठ वटा सन्धिरसम्झौताहरु संसदमा पुगेका छन् भने सरकारले जारी गरेका विभिन्न पाँच वटा अध्यादेश पनि रहेका छन् ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *