ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

आलु अघिल्लो वर्षभन्दा ५० प्रतिशत महँगो, हिँउदे तरकारी भने सस्तिन थाले

लुम्बिनी दर्पण २०७७ मंसिर २४, बुधबार ०२:३९
[sharethis-inline-buttons]

लुदअ काठमाडौं, मंसिर २३ 
काठमाडौं उपत्यकामा तरकारीको भाउ वर्षमा २ पटक महँगिन्छ । एउटा असोज–कात्तिकमा, र अर्को चैत–वैशाखमा । वर्षे तरकारीको स्टक सकिँदै जाँदा र हिउँदे तरकारी आइनपुग्दा असोज–कात्तिकमा तरकारीको बजारमूल्य निकै माथि पुग्छ । हिउँदे तरकारी रित्तिदा र वर्षे तरकारी पर्याप्त रुपमा उत्पादन नहुँदा चैत–वैशाखमा पनि तरकारी महँगो हुन्छ । अरु सिजनमा भने मौसम अनुसारका सस्तो हुन्छ ।

आलु र प्याजमा भने यो अवस्था अलिक फरक छ । दुई सिजनमा उत्पादन हुने र तत्कालै उपभोग गर्न नपर्ने भएकोले यी तरकारीको मूल्य वर्षमा एकपटक मात्रै महँगिन्छ । यो मूल्य साउनपछि विस्तारै उकालो लाग्दै जान्छ भने कात्तिक अन्तिमदेखि विस्तारै घट्दै जान्छ ।

तर, यसपालि यस्तो भएन । मंसिर महिना सकिनै लाग्दा समेत आलु र प्याजको भाउ घट्ने सुरसार देखिएको छैन । आलुको भाउ त अघिल्लो वर्षभन्दा ५० प्रतिशतसम्म महँगो भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको सर्भेक्षण अनुसार मंगलबार होलसेल बजारमा आलु रातोको भाउ प्रतिकेजी ६८ रुपैयाँ छ । त्यस्तै, भारतीय आलु रातोको र आलु सेतो प्रतिकेजी ६३÷६३ रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्यले होलसेल बजारमै आलुको मूल्य एक धार्नीको १ सय ५० रुपैयाँ भन्दा बढी पर्न आउँछ । खुद्रा बजारमा मूल्य योभन्दा पनि बढी छ ।

उता मंगलबार सुकेको भारतीय प्याजको होलसेल मूल्य १ सय ५ रुपैयाँ छ । अघिल्लो वर्षको तुलनामा कम भए पनि सामान्य अवस्थामा भन्दा यो मूल्य दोब्बरभन्दा बढी हो ।

किन सस्तिएन आलु–प्याज ?
यो वर्ष आलु नसस्तिनुमा भारतबाट आउने आलु प्रमुख कारण रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । अहिले नेपाली र भारतीय दुवै प्रकारको आलु बजारमा आपूर्ति हुन्छ । तर नेपाली आलुको मूल्य निर्धारण भारतीय आलुको मूल्यका आधारमा हुँदै आएको छ । समितिका प्रवक्ता विनय श्रेष्ठले भारतीय आलुभन्दा नेपाली आलु केही महँगो राखेर व्यापारीहरुले मूल्य निर्धारण गर्ने गरेको बताए ।


प्रकाशित : २०७७ मंसिर २४, बुधबार ०२:३९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech