बाणगंगामा सम्पन्न राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता कास्कीले जित्यो

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ कपिलवस्तु, मंसिर २५
कपिलवस्तुको बाणगंगा नगरपालिकामा सञ्चालन भएको राष्ट्रीय पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि कास्कीले जितेको छ । कपिलवस्तुलाई हराउदै सोझो सेटमा कास्कीले जित हासिल गर्न सफल भएको हो । पहिलो सेट २१,१६ र दोस्रो सेठ २१, ७ ले कास्की बिजयी भएको हो ।

प्रथम भएसगै कास्कीले ६६ हजार नगद सहित शिल्ड र मेडल पाएको छ भने द्धित्तिय भएको कपिलवस्तुले ३३ हजार शिल्ड र मेडल पाउन सफल भएको छ । कास्कीबाट बिशाल खड्का र बिधान अधिकारी त्यस्तै कपिलवस्तुबाट बिनोद पौडेल, राजु थापा फाइनलमा पुगेका थिए ।

प्रतियोगिताको आयोजना बाणगंगा नगरपालिका वडा नं. ४ ले गरेको हो भने प्रतियोगिताको समन्वय शान्ती दिप युवा क्लवले गरेको हो । प्रतियोगितामा बिभागिय टोली सहित देशभरका ३७ समुहको सहभागिता रहेको थियो । नेपालमै पहिलो पटक राष्ट्रीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने वडाका रुपमा बाणगंगा नगरपालिका वडा नं. ४ रहेको छ ।

कार्यक्रममा खेलाडीलाई प्रदेश सासंद बिष्णु पन्थीले सम्मान प्रदान गरेका थिए ।
साथै उनले युवालाई खेलसगं जोड्न सके समाज राम्रो हुनुका साथै खेल क्षेत्रमा पनि अगाडी बढीने बताए । वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीले प्रतियोगितालाई निरन्तरता दिने बताउदै प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन ।


प्रकाशित : २०७७ मंसिर २६, शुक्रबार ०१:३८