एन्फा : मुख्य प्रशिक्षक कालीनको राजीनामा स्वीकृत, महर्जनलाई कार्यवाहक जिम्मेवारी

लुदअ मंसिर २६, काठमाण्डौ
अखिल नेपाल फुटबल संघ ९एन्फा०ले बालगोपाल महर्जनलाई नेपाली राष्ट्रिय फुटबल टिमको कार्यवाहक मुख्य प्रशिक्षकको जिम्मा दिएको छ ।

मुख्य प्रशिक्षक योहान कालीनले राजीनामा दिएपछि महर्जनलाई कार्यवाहक मुख्य प्रशिक्षकको जिम्मा दिइएको संघले जनाएको छ । नोभेम्बर एकदेखि लागू हुनेगरी नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकबाट राजीनामा दिएर कालीन स्वीडेन फर्किएका एन्फाले जनाएको छ ।

कालीनको राजीनामालाई एन्फाको कार्यसमितिले पारित गरिसकेको छ । सन् २०१९ को मार्च एक तारिखमा कालीनलाई एन्फाले मुख्य प्रशिक्षकका रुपमा नियुक्ति गरिएको थियो । उनले नेपाली फुटबल टिमलाई अन्तिम पटक मार्च २१ मा प्रशिक्षण दिएका थिए । उनको प्रशिक्षणमा नेपाली टिमले ११ खेल खेल्दा एक खेल जितेको थियो भने दुई खेलमा बराबरी र आठमा हार व्यहोरेको थियो ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *