नेपाल आदर्श बहुमुखी क्याम्पसमा बस संचालन

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ कपिलवस्तु, २६ मंसिर
कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा रहेको नेपाल आदर्श बहुमुखी क्याम्पसमा बस सेवा सुरु गरिएको छ । लम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयको रु २५ लाखको लागतमा ३७ सिट क्षमता भएको बस संचालन गरिएको हो । क्याम्पसमा अध्यानरत विद्यार्थीलाई सहज होस भन्ने उद्देश्यले बस संचानलमा ल्याइएको क्याम्पस संचालक समितिका अध्यक्ष लंक हमालले बताए । बस संचालन भएपछि विद्यार्थीहरुको संख्य बढ्ने उनले विश्वास व्यक्त गरे ।

बिहिवार बसको उद्धघाटन गर्दै लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले क्याम्पसको संरचना भन्दा शिक्षाको गुणस्तरमा जोड दिनुपर्ने बताए । कम विद्यार्थीहरु भएका क्याम्पसलाई बन्द गर्ने तथा मर्ज गर्ने सरकारको तयारी रहेकोले कसरी विद्यार्थीहरुको संख्या बढाउने भन्ने विषयमा केन्द्रिय हुनुपर्ने बताए । बर्षेनी प्रदेश सरकार र स्थानिय सरकारले क्याम्पसका लागि बजेट बिनियोजन गरेको बताउँदै संरचनाहरु बनेकोले अब गुणस्तरमय ध्यान दिन आग्रह गरे । प्रदेशका उत्कृष्ट क्याम्पसहरुको अवलोकन गरेर सोहि अनुसार काम गर्नुपर्ने बताए ।

बस सेवाको सदुपयोग गरी शिक्षाको कोशेढुङ्गाको रुपमा विकास गर्नुपर्ने जनाए । क्याम्पसका संस्थापक अध्यक्ष तथा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले यस क्षेत्रका विद्यार्थीहरु उच्च शिक्षा पढन बाहिर जानुपर्ने बाध्यता अब हटेको बताए । शिवराज नगरपालिका, बिजयनगर गाउँपालिका र कृष्णनगर नगरपालिकाका विद्यार्थीहरुलाई समेटन सके क्याम्पस संचालन गर्न कठिनाई नहुने जिकिर गरे ।

शिवराज नगरपालिकाको लागतमा रु १० लाखमा क्याम्पस परिसरमा ब्लक बिछ्याएको र व्याडमिन्टन कार्ट निर्माण गरेको नगरप्रमुख अधिकारीले बताए । शिवराज नगर उपप्रमुख शिवकुमारी थारु,पुर्व क्याम्पस प्रमुख नवराज पाण्डेय, भवनराज पौडेलले क्याम्पसको सफलताको कामना गरेका थिए ।


प्रकाशित : २०७७ मंसिर २६, शुक्रबार ०२:३३