कपिलवस्तुको विजयनगरमा भीषण आगलागी, करिब ४० घर जलेर नष्ट

ByLumbini Darpan Online

२१ चैत्र २०७६, शुक्रबार ११:५७ २१ चैत्र २०७६, शुक्रबार ११:५७ २१ चैत्र २०७६, शुक्रबार ११:५७

लुदअ कपिलवस्तु, चैत २१
केहीबेर अघिदेखि कपिलवस्तुको गुगौलीको सिङ्खो गाउँमा भीषण आगलागी भएको छ । जिल्लाको विजयनगर गाउँपालिका वडा नम्वर १ गुगौली गाउँमा लहरै रहेका फुसले छाएका घरहरुमा आगलागी हुँदा करिब ४० घर जलेर नष्ट भएको प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिए ।

‘हामी भर्खरै आएर आगो निभाउन लागेका छौं’ नेपालले भने, ‘लहरै घरमा आगलागी भएको छ, ४० भन्दा बढि घरहरु जलेर नष्ट भएको अनुमान गरिएको छ, एकिन विवरण भने तयार पार्न सकिएको छैन् ।’ उनले थप भने, ‘अहिलेसम्म मानवीय क्षति भएको त पाइएको छैन तर अन्न र धनमालको प्रशस्त क्षति भएको छ ।’ घटनाको बाँकी विवरण आउन बाँकी छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *