
लुदअ मंसिर २६, काठमाण्डौ
एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयले झण्डै ७० हजार अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ । पछिल्लो एक वर्षमा विगतका वर्षदेखि बाँकी रहेको सबै अनुमतिपत्र छापिसकेर पठाएको कार्यालयले जनाएको छ ।
कार्यालयमा दुईरतीन महिना पहिले छापिएकादेखि दुईरतीन वर्ष पहिले छापिएर आएको अनुमतिपत्र लिन सेवाग्राही आउन बाँकी रहेको कार्यालय प्रमुख सम्बरबहादुर कार्कीले बताउनुभयो । विभागले गएको वर्ष ठूलो क्षमताको छपाइयन्त्र ९मास प्रिन्टर० खरिद गरेर सञ्चालनमा ल्याएसँगै यहाँका छाप्न बाँकी धेरै अनुमतिपत्र छापिएर आएको थियो ।

