
लुदअ मंसिर २७, काठमाण्डौ
महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढ्दो जाम र चाप हटाउन चोक सुधार अभियान सुरु गरेको छ ।
अहिले कोटेश्वरबाट यो अभियान थालिएको महाशाखाका एसएसपी जनक भट्टराईले बताउनुभयो । उहाँका अनुसार कोटेश्वर चोकमा अब गाडी रोक्न पाइने छैन । चोकबाट अलि पर मात्रै यात्रु चढाउन र ओराल्न पाइने उहाँले बताउनुभयो । यस्तै गाडी र यात्रुको धेरै चाप हुने कार्यालय समयमा ह्याभी गाडीलाई रोक लगाइएको छ ।
कोटेश्वर(जडिबुटी सडकखण्डमा धेरै जाम हुन थालेपछि चोक सुधार अभियान थालिएको हो । यो अभियान बिस्तारै सबैतिर लागू गरिने उहाँले बताउनुभयो । यस्तै, कालोपत्र गर्न थालिएकाले काठमाण्डौको कमलपोखरीको ल्होत्से चोकमा गाडी डाइभर्सन गरिएको छ ।
कृष्ण पाउरोटी, ल्होत्से चोक र कुमारी मन्दिरबाट गाडी डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

