
लुदअ मंसिर २८, काठमाण्डौ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ ।
बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचार गरेको ठहर गर्दै आज ९आइतबार० पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको विशेष अदालतका प्रवक्ता पुष्प पाण्डेयले उज्यालोलाई जानकारी दिनुभयो ।
न्यायाधीशहरू प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको हो । उहाँमाथि भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सार्न भूमिका खेलेको अभियोग लागेको थियो ।
अख्तियारले पूर्वप्रमुख आयुक्त बस्नेतलाई विशेष अदालत काठमाण्डौमा गएको वर्ष माघ २२ गते मुद्दा दायर गरेको थियो । अख्तियारले उहाँसहित एक सय ७५ जना विरुद्ध मुद्दा दायर गरेको छ । जसमध्ये एक सय १० जनालाई भ्रष्टाचारको कसुरमा र ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइ मुद्दा दायर भएको थियो ।
बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो दाबीसमेत गरेको छ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अख्तियारले मुद्दा दायर गरेको मध्ये भूतपूर्व उपप्रधानमन्त्री र तीन पूर्वमन्त्रीसमेत रहेका छन् ।