
्लुदअ मंसिर २८, काठमाण्डौ
नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङको पाँचौँ ग्लोबल सर्भिस क्याम्प सुरु भएको छ ।
कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण सिप्रदीको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी आइतबार उद्घाटन गरिएको कार्यक्रम आउने पुस ८ गतेसम्म चल्ने कम्पनीले जनाएको छ ।
कार्यक्रममा टाटा मोटर्स कमर्सियल गाडीका अन्तर्राष्ट्रिय व्यापार प्रमुख रुद्ररूप मैत्रा, सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठलगायत सहभागी थिए ।
यो सर्भिस क्याम्पमा टाटा मोटर्सका कमर्सियल गाडीका ग्राहकले निःशुल्क गाडीको जाँच, विशेष योजनाका साथै अन्य सेवा प्राप्त गर्नेछन् । क्याम्पमा गाडीका पार्ट्स, लुब्रिकेन्ट्स, ब्याट्रीलगायतमा आकर्षक छुट रहेको सिप्रदीका ग्राहक सेवाका विभाग महाप्रबन्धक साम्देन छेरिङ लामाले बताउनुभयो । उहाँले भन्नुभयो, ुक्याम्पमा निःशुल्क बम्पर टु बम्पर चेक अप, निःशुल्क सर्भिसिङ, स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स र ब्याट्रीमा भारी छुटलगायतका सुविधा छ ।ु कार्यक्रममा खेल तथा मनोरञ्जनात्मक गतिविधि पनि हुने उहाँले बताउनुभयो ।
चालकहरूका लागि निःशुल्क तालिम, हरेक दिन स्मार्टफोन जित्ने अवसर र प्रत्येक दिन टाटा गाडीसम्बन्धी अनलाइन परामर्श जस्ता सुविधा ग्लोबल सर्भिस क्याम्प २०२० को प्रमुख विशेषता रहेको कम्पनीले जनाएको छ ।
१० दिनसम्म हुने यो क्याम्प विश्वभरि ४५ देश र नेपालका ५० वटा वर्कशपमा आयोजना हुने भएको छ ।