सरकार विरुद्ध कांग्रेसको विरोध प्रदर्शनका लागि नेविसंघ र तरुणदल कपिलवस्तुको तयारी तिब्र

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ कपिलवस्तु, २८ मंसिर
बर्तमान दुई तिहाई सरकारको बिरोधमा कपिलवस्तुको तौलिहवामा हुने बिरोध प्रर्दशनको सबै तयारी पुरा भएको कांग्रेस कपिलवस्तुले जनाएको छ । मंसिर २९ गते सदरमुकाम तौलिहवामा हुने बिरोध प्रर्दशनमा ब्यापक सहभागीताका लागि क्षेत्रीय समिति, नगर, वडा समितिहरुलाई जानकारी गराई सकिएको पार्टीले जनाएको छ । बिरोध पूर्दशनका लागि मंसिर २९ गते तौलिहवा स्थित बुद्धपदुम उमाबिको मैदानमा बिहान ११ बजे उपस्थित हुने आग्रह गरिएको छ ।

भ्रष्ट अधिनायकवादि अलोकतान्त्रिक सरकारको अर्कमण्यताको विरुद्धमा सुरु हुने नेपाली कांग्रेस कपिलवस्तुको बिरोध प्रर्दशनका लागि तरुण दल र नेविसंघ कपिलवस्तु द्वारा तयारी तीब्र पारिएको तरुण दल जिल्ला सभापति शक्ति सिं. ठकुरीले बताएका छन् ।

त्यस्तै सम्पुर्ण कपिलवस्तुवासीलाई उक्त कार्यक्रममा सहभागि हुन आग्रह गरिएको नेविसंघ क्षेत्रीय सभापति तथा युवा समाजसेवी चन्द्रकान्त पोख्रेलले लुम्बिनी दर्पणलाई जानकारी दिएका छन् ।


प्रकाशित : २०७७ मंसिर २८, आईतवार १६:०७