लुदअ २९ मंसिर चितवन
गृहमन्त्री रामबहादुर थापा बादलले व्यवस्था परिवतर्नको माग गर्नेहरुको सपना पूरा नहुने बताउनुभएको छ ।
आज भरतपुर विमानस्थलमा प्रेस संगठन चितवनले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री थापाले लामो समयको आन्दोलनपछि स्थापित लोकतान्त्रिक व्यवस्था सडकमा आन्दोलन गरेकै भरमा परिवर्तन नहुने बताउनुभयो ।
उहाँले आन्दोलनमा कुनै योगदान नदिएका संगठनहरुले सडकमा प्रदर्शन गरेकै भरमा लोकतन्त्रको विकल्प सोच्न नसकिने बताउनुभको हो ।
गृहमन्त्री थापाले सरकारले राजावादी र विप्लव समूहलाई गणतन्त्र विरोधी नमानेको तर्क गर्नुभयो ।
उहाँले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजावादीहरुले गर्ने प्रदर्शनले सरकारलाई कुनै असर नपर्ने दावी गर्नुभयो ।