कीर्तिपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ मंसिर ३०, ​काठमाण्डौ
काठमाण्डौको कीर्तिपुर नगरपालिका ६ चोभारमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

गएराति सवा ९ बजे बल्खुबाट चोभार जाँदै गरेको बा ४ ख ४५६५ नम्बरको टिप्पर र स १० प ४९१३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलका चालक खोटाङका २४ वर्षका सरोज राईको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

टिप्पर चालकलाई प्रहरी पक्राउ गरेको छ ।


प्रकाशित : २०७७ मंसिर ३०, मंगलवार ०२:३९