डिभोर्सको कारण सार्वजनिक गर्न बाध्य हुँदैछु : मनोज गजुरेल

[sharethis-inline-buttons]

लुदअ मंसिर ३०, काठमाण्डौ
हास्य व्यङ्ग्य कलाकार मनोज गजुरेलले पूर्वश्रीमतीबाट गाली बेइज्जती गर्ने क्रम नरोकिएको भन्दै कानुनी उपचारमा जाने चेतावनी दिनुभएको छ ।

पूर्वश्रीमतीको क्रियाकलापबाट आफ्नो चरित्र हत्या भएको र छोराछोरीलाई समेत असर पुर्याएको उहाँको भनाइ छ । फेसबुकमा स्टाटस लेख्दै उहाँले एउटा सार्वजनिक र जिम्मेवार नागरिकको नाताले अहिलेसम्म चुप बसेको र अब बाध्य भएर स्पष्टीकरण दिन परेको उल्लेख गर्नुभएको छ ।

डिभोर्सका बेला छोरा बाबुसँग र छोरी आमासँग बस्ने सहमति भए पनि डिभोर्सको ८ महिनापछि छोरी आमासँग बस्न नरुचाएर आफूसँग बस्न आएको उहाँले उल्लेख गर्नुभएको छ । मनोज गजुरेल र मिना ढकालबीच तीन वर्षअघि सम्बन्धविच्छेद भएको थियो ।

सम्बन्धविच्छेदपछि मिनाले मनोजमाथि विभिन्न आरोप र लाञ्छना लगाएर युट्युब च्यानलहरुमा अन्तर्वार्ता दिँदै आउनुभएको छ । केही दिनयता मनोजले अर्को विवाह गर्न लागेको कुरा सार्वजनिक भएपछि मिनाले फेरि आरोप र लाञ्छना लगाउने क्रम बढेको छ ।


प्रकाशित : २०७७ मंसिर ३०, मंगलवार ०२:५६