Latest Posts

पिपरा प्रहरीको एक्सन, राजश्व छलिमा उल्लेख्य प्रगति

लुदस, ईलाका प्रहरी कार्यालय...

कांग्रेसको ५७ जिल्लाको वडा अधिवेशन सकियो

काठमाडौँ ,असोज १ नेपाली...

भारतमा थप ३४ हजार ४०३ जनामा कोरोना सङ्क्रमण पुष्टि

नयाँ दिल्ली , आश्विन...

चिनबाट ४४ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो

काठमाडौं ,आश्विन १ नेपालले...

Latest Posts

पिपरा प्रहरीको एक्सन, राजश्व छलिमा उल्लेख्य प्रगति

लुदस, ईलाका प्रहरी कार्यालय पिपराले ठुलो मात्रामा चोरीका मोटरसाईकल र कार भन्सार चलान गरेको छ । विभिन्न समयमा चेकजाँच गर्दा कागजात उल्लेख नभएका चोरी पैठारी भई आएका ७ मोटरसाईकल ३ वटा स्कुटर र एउटा अल्टो कार पिपरा प्रहरीले सुठौली भन्सार चलान गरेको छ । प्रहरीले ति साधनको मुल्य करिव ९ लाख ८५ हजार मुल्य कायम […]

Arv

l

७ दिनभित्र माग पूरा नभए कडा आन्दोलनमा जाने २३ स्वास्थ्य संघ–सङ्गठनको चेतावनी

लुदअ काठमाण्डौ, मंसिर ३०
कोरोना भाइरस सङ्क्रमणको जोखिम मोलेर उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा डाक्टरले अझै पनि आफूले पाउने तलब भत्तालगायतका सुविधा पाएका छैनन् । स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियन तथा पेसागत सङ्घ–सङ्गठनको संयुक्त सङ्घर्ष समितिले अबको सात दिनभित्र स्वास्थ्यकर्मी र डाक्टरलाई तलब भत्ता नदिए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

समितिले सोमबार काठमाण्डौमा पत्रकार सम्मेलन गरेर यसअघि पनि आफ्ना मागबारे स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई ध्यानाकर्षण गराएको तर बेवास्ता भएको र फेरि पनि बेवास्ता गरे कडा आन्दोलन गर्ने जनाएको हो ।

नेपाल चिकित्सक सङ्घलगायत २३ वटा स्वास्थ्य सम्बद्ध ट्रेड युनियन तथा पेसागत सङ्घका संयुक्त सङ्घर्ष समितिले तलब सुविधालगायत आफ्नो १८ बुँदे माग सम्बोधन गर्न सरकारलाई एक हप्ताको अल्टिमेटम दिएको हो ।

समितिले सरकारकै बेवास्ताका कारण कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालमा १० जनाभन्दा धेरै स्वास्थ्यकर्मी र डाक्टरको ज्यान गएको पनि जनाएको छ ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *