लुम्बिनी प्रदेश : लेखा समितिद्धारा बेरुजुबारे मन्त्रालयसंग छलफल

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ बुटवल, मंसिर ३०
लुम्बिनी प्रदेशको सार्वजनिक लेखा समितिले प्रदेशका मन्त्रालयहरुको बेरुजुबारे छलफल गरेको छ। महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख भएको बेरुजुको सम्बन्धमा छलफल गर्न मंगलबार प्रदेश सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक बसेको थियो।

महालेखाको प्रतिवेदनले लुम्बिनी प्रदेशका मन्त्रालयहरुको बेरुजु धेरै देखाएकाले सबै मन्त्रालयका सचिवहरुलाई बोलाएर छलफल गरेको लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले बताए।

‘बेरुजु धेरै देखियो कसरी के कारणले धेरै देखियो भनेर सोधेका थियौं।’ उनले भने ‘आज सबै सचिवले आ–आफ्नो मन्त्रालयको अवस्थाका बारेमा प्रस्तुत गर्नुभयो । त्यसमा हामीले व्यापक छलफल ग¥यौं।’

शुक्रबारसम्म सबै मन्त्रालयलाई पेस्की फस्र्योटको सेड्युल बनाएर प्रस्तुत गर्न भनेको सभापति चौधरीले जानकारी दिए। त्यसपछि महालेखा परिक्षक कार्यालयका प्रतितिधिसँग बसेर छलफल गरिने उनले बताए ।


प्रकाशित : २०७७ मंसिर ३०, मंगलवार १४:४०