Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय...

राष्ट्रियसभाबाट दुई विधेयक पारित भए

काठमाडौं, साउन २० राष्ट्रियसभाबाट दुईवटा विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकले तथ्याङ्क विधेयक सर्वसम्मतले र...

सानिमा लाईफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमा नै माग भन्दा धेरै आवेदन

  काठमाडौं ,साउन २० ( सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर ९आईपीओ० मा पहिलो दिनमा नै माग...

बालबालिकाका लागि जरुरी तीन कुरा

साउन २० हरेक बच्चाको भावनात्मक र मनोवैज्ञानिक स्थिरता धेरै हदसम्म अभिभावकसँगको सम्बन्धमा निर्भर हुन्छ । कुनै पनि बच्चा...

कोरोना संक्रमण बढ्न थालेपछि स्याङ्जाको चापाकोट नगरपालिका दश दिन बन्द हुने

साउन २० कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै स्याङ्जाको चापाकोट नगरपालिका दश दिनका लागि बन्द गरिएको छ ।...

Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय रुपन्देही गोर्खा व्वाईज र एन्फा फुटवलको क्याप्टेन समेत रहेको उनि जावलाखेल क्लवमा अनुवन्धित भएका हुन् । जावलाखेल क्वल ले निशानको सानै...

मन्त्रीले आश्वासन दिए पनि ६ महिना सम्म एक गाडी तरकारी नष्ट पारिएका किसानले पैसा पाएनन्

लुदअ मंसिर ३०, कपिलवस्तु
गत जेठ १८ मा कपिलवस्तुका किसानले उत्पादन गरेका तरकारी बिक्रीका लागि अर्घाखाँची लाँदै गर्दा बाटोमा नष्ट गरिएको थियो। कपिलवस्तुको बुद्धभुमि नगरपालिका–१० देवपुराका १० जना किसानबाट संकलन गरी लगिएको तरकारी सन्धिखर्क पुगेपछि स्थानीय व्यापारीले प्रहरीको सहयोगमा नियन्त्रणमा लिएका थिए। कोरोना भाइरस संक्रमण सर्ने भन्दै नियन्त्रणमा लिएका तरकारी नष्ट गरिएको थियो ।

नष्ट गरिएको तरकारीको रकम नेपाल सरकारले भुक्तानी दिने भनी कृषिमन्त्री घनश्याम भुसालले आश्वासन दिएका थिए। मन्त्रीले आश्वासन दिएको ६ महिनाभन्दा बढी भइसक्दा समेत किसानहरुले रकम नपाएको देवपुराका किसान वालदिन केवटले बताए । तत्कालीन तरकारी जोनका संयोजक रमेश केवट मुस्कानले तरकारीको रकम भुक्तानीका लागि परियोजना कार्यालयमा कागजात दिएको बताए। भुक्तानी प्रक्रियाका लागि केन्द्रसँग अनुमति माग्दा भुक्तानी दिनका लागि मन्त्रालयबाट निर्देशन नभएको जानकारी आएपछि भुक्तानी नभएको उनको भनाइ छ ।

अर्घाखाँचीका तरकारी व्यापारी किशोर बानियाले गत जेठ १८ मा सन्धिखर्क पु¥याउन लगेको तरकारी प्रहरीको सहयोगमा नष्ट गरिएको थियो। स्थानीय तरकारी व्यापारी सहदेव भुसाल र रामहरि घिमिरेको नेतृत्वमा तरकारी बोकेको जिपलाई डम्पिङ साइटमा लगी फालेका थिए । तरकारी नष्ट गरिए पछि सामाजिक संन्जालमा चर्को आलोचना समेत गरिएको थियो ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *