ताजा अपडेट

‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले

भोटेकोशीमा बेपत्ता भएका असईको शव त्रिशुली नदीमा फेला

रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै

अविरल वर्षाका कारण बर्दघाट क्षेत्र डुबानमा

ज्योति आधारभूत विद्यालय तिलोत्तमा ८, ४ नं मा शैक्षिक सामग्री वितरण

रसुवामा बाढी – ७ जनाको शव फेला

चिकित्सकहरु अझै सडकमा, आकस्मिक बाहेकका सेवा अवरुद्ध

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

मन्त्रीको सम्पर्कमा रहेका उद्योगीलाई खोज्दै प्रहरी, वार्तामा गएनन् किसान

लुम्बिनी दर्पण २०७७ पुष १, बुधबार १५:३५
[sharethis-inline-buttons]

लुदअ काठमाडौं, पुस १
उखु किसानको बक्यौता रकम भुक्तानी नगरेका चार चिनी उद्योगीलाई पक्राउ गर्नका लागि प्रहरी कार्यालयले पक्राउ पूर्जी जारी गरेको छ । सर्लाही, रौतहट र नवलपरासी जिल्ला प्रहरी कार्यालयमा पीडित उखु किसानले चिनी उद्योगीहरुमाथि उजुरी गरेपछि पक्राउ पूर्जी जारी गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । उनीहरुलाई खोज्ने कार्य जारी रहेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी गराए ।

इन्दिरा सुगर मिल र अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल, लुम्बिनी सुगर मिलका सञ्चालक सुशील गोयल र श्रीराम सुगर मिलका सञ्चालक हितेश गोल्छा लगायतलाई पक्राउ गर्न पूर्जी जारी गरिएको छ । विभिन्न ६ वटा उद्योगले ९० करोड रुपैयाँ बक्यौता राखेको उखु किसानले दावी गर्दै आएका छन् । त्यही रकम प्राप्त गर्नका लागि किसानहरु काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् ।

माइतीघर मण्डलमा चार दिनदेखि किसानहरुले प्रदर्शन गरिरहेका छन् । तर के साँच्चै किसानको बक्यौता रकम भुक्तानी गराउन गृह मन्त्रालयले उद्योगीहरुलाई पक्राउ गर्नै लागेको हो त भनि प्रश्न खडा भएको छ । गत वर्ष पनि गृह मन्त्रालयले पटक–पटक उनीहरुलाई पक्राउ गर्न पूर्जी काटेको र खोजविन गरेको थियो तर पक्राउ गर्न सकेन । किसानको बक्यौता रकम नदिएकाहरुलाई पक्राउ गरिदिन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत गृह मन्त्रालयलाई पत्र पठाएपछि गृह मन्त्रालयले पक्राउ पूर्जी जारी गरेको थियो ।

त्यतिबेला पूर्जी जारी गरेपनि ती उद्योगीहरु नियमित रुपमा तत्कालीन उद्योगमन्त्रीसँग छलफलमा थिए । उनीहरु काठमाडौंमा नै थिए तैपनि प्रहरीले पक्राउ गर्न सकेको थिएन । यसपाली पनि ठ्याक्कै त्यस्तै गरिएको किसानहरुको आरोप छ । जो–जो उद्योगीहरुलाई पक्राउ गर्न पूर्जी काटिएको छ, ती सबै उद्योगमन्त्री लेखराज भट्टको सम्पर्कमा छन् । तर आन्दोलनलाई कमजोर गर्नका लागि पक्राउको नाटक गरेको आरोप किसानहरुले लगाएका छन् । उद्योगीहरु लगातार मन्त्रालयमा गएर छलफल गरिरहेका छन् । मंसिर २९ गते पनि मन्त्री भट्टसँग उद्योगीहरुले छलफल गरेका थिए ।

किसानको बक्यौता रकम चाँडै भुक्तानी गर्ने प्रतिबद्धता जनाएर गएको भोलिपल्ट अर्थात मंसिर ३० मा गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री भट्ट, कृषिमन्त्री घनश्याम भुसाल र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री ह्रदयेश त्रिपाठीबीच छलफल भएर उद्योगीलाई पक्राउ गनुपर्ने निश्कर्ष निकालेका थिए । तर उद्योगीहरु पक्राउ नपर्नुले के साँच्चै उनीहरु सरकारको सम्पर्कमै छैनन् या किसान आन्दोलन कमजोर पार्न गरिएको षड्यन्त्र भन्ने प्रश्न उब्जिएको छ ।

वार्तामा गएनन् किसान

वार्ताका लागि उद्योग मन्त्रालयले दुई पटक पत्र पठाए पनि आन्दोलनकारी किसान वार्तामा गएका छैनन् । गत वर्ष सरकारसँग पाँच बुँदे सम्झौता भइसकेको हुनाले पुनः सम्झौताका लागि नै वार्तामा नजाने आन्दोलनकारीको अडान छ । ‘भएका सम्झौता कार्यान्वयन गरि दिए हुन्छ, वार्तामा अरु कुनै नयाँ कुरा हुने छैन अनि किन वार्तामा जानु रु’

आन्दोलनको अगुवाई गरिरहेका राकेश मिश्रले भने, ‘सरकारले गरेको प्रतिवद्धताअनुसार हाम्रो बक्यौता रकम भुक्तानी गराईदिनुपर्छ वा सरकारले आफ्नो कोषबाट किसानको रकम दिनुपर्ने भनि हामीले सरकारलाई खबर पठाएका छौं, सरकारले हामीलाई रकम नदिलाएसम्म सडकबाट हट्ने छैनौं ।’ बिहिवार उखु किसानको आन्दोलनको बारेमा छलफल गर्नका लागि संसदीय समितिले सरोकारवालाहरुलाई बोलाएको छ ।


प्रकाशित : २०७७ पुष १, बुधबार १५:३५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बाणगंगामा शैक्षिक सफलता उत्सव: आवर विज्डम विद्यालयद्वारा एसईई टप विद्यार्थीलाई भव्य सम्मान
  • असार १५ कपिलवस्तुमा मनाईयो धान दिवस , रोपाई ९ प्रतिशत मात्रै
  • ज्ञानपुञ्जले गर्‍यो प्रतिशतका आधारमा देशकै उत्कृष्ट दावी
  • बाणगंगाको शैक्षिक चमक: एसईईमा १६ विद्यार्थीले ल्याए ४ जिपिए
  • नुवाकोटमा बाढीले बगाएर एक महिला बेपत्ता
प्रतिक्रिया

यो पनि पढौँ

बाणगंगामा शैक्षिक सफलता उत्सव: आवर विज्डम विद्यालयद्वारा एसईई टप विद्यार्थीलाई भव्य सम्मान

ब्राइट लुम्बिनी : शिक्षा, व्यवसाय र समाजको त्रिवेणीमा अग्रणी संस्था

लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशतमात्रै विकास बजेट खर्च

बाणगंगा नदीमा चोरी तस्करीको अखडा, जोखिममा प्रगति ४ मौजा सिंचाई आयोजना

बुद्धशान्तिद्धारा आयोजित निसान स्मृति कप फुटवल खेल रोचक बन्दै

प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनीमा सोमवार सार्वजनिक बिदा

राजनैतिक भागवण्डा नमिल्दा त्रिशक्ति सामुदायिक वन समिति विहिन, अखडा बनेको भन्दै स्वतन्त्र समुहको तालाबन्दी

लुम्बिनी प्रदेश : सरकारलाई पूर्णता दिन ढिलाइ, ३ मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीमा

जितपुर–नन्दनगर नाली निर्माणमा ठेकेदारको गम्भिर लापरवाही, स्थानीयको गोठमा लेदो पस्यो

भारतबेन्जको पार्टर्स आउटलेट बुटवलमा

विद्यालयको जग्गामा टेन्डर गर्दा चलखेल  गरेको  आशङ्का 

लायन्स क्लब अफ बुटवल सेन्ट्रल को अध्यक्षमा बाल्दर

भर्खरै

  • ‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

  • कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

  • ६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले

  • भोटेकोशीमा बेपत्ता भएका असईको शव त्रिशुली नदीमा फेला

  • रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै

  • अविरल वर्षाका कारण बर्दघाट क्षेत्र डुबानमा

  • ज्योति आधारभूत विद्यालय तिलोत्तमा ८, ४ नं मा शैक्षिक सामग्री वितरण

  • रसुवामा बाढी – ७ जनाको शव फेला

  • चिकित्सकहरु अझै सडकमा, आकस्मिक बाहेकका सेवा अवरुद्ध

  • चिकित्सकहरूको चेतावनी: माग पूरा नभए लाइसेन्स फिर्ता गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech