ताजा अपडेट

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल

टी–२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डको लगातार दोश्रो जीत

हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै

कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

मन्त्रीको सम्पर्कमा रहेका उद्योगीलाई खोज्दै प्रहरी, वार्तामा गएनन् किसान

लुम्बिनी दर्पण २०७७ पुष १, बुधबार १५:३५
[sharethis-inline-buttons]

लुदअ काठमाडौं, पुस १
उखु किसानको बक्यौता रकम भुक्तानी नगरेका चार चिनी उद्योगीलाई पक्राउ गर्नका लागि प्रहरी कार्यालयले पक्राउ पूर्जी जारी गरेको छ । सर्लाही, रौतहट र नवलपरासी जिल्ला प्रहरी कार्यालयमा पीडित उखु किसानले चिनी उद्योगीहरुमाथि उजुरी गरेपछि पक्राउ पूर्जी जारी गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । उनीहरुलाई खोज्ने कार्य जारी रहेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी गराए ।

इन्दिरा सुगर मिल र अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल, लुम्बिनी सुगर मिलका सञ्चालक सुशील गोयल र श्रीराम सुगर मिलका सञ्चालक हितेश गोल्छा लगायतलाई पक्राउ गर्न पूर्जी जारी गरिएको छ । विभिन्न ६ वटा उद्योगले ९० करोड रुपैयाँ बक्यौता राखेको उखु किसानले दावी गर्दै आएका छन् । त्यही रकम प्राप्त गर्नका लागि किसानहरु काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् ।

माइतीघर मण्डलमा चार दिनदेखि किसानहरुले प्रदर्शन गरिरहेका छन् । तर के साँच्चै किसानको बक्यौता रकम भुक्तानी गराउन गृह मन्त्रालयले उद्योगीहरुलाई पक्राउ गर्नै लागेको हो त भनि प्रश्न खडा भएको छ । गत वर्ष पनि गृह मन्त्रालयले पटक–पटक उनीहरुलाई पक्राउ गर्न पूर्जी काटेको र खोजविन गरेको थियो तर पक्राउ गर्न सकेन । किसानको बक्यौता रकम नदिएकाहरुलाई पक्राउ गरिदिन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत गृह मन्त्रालयलाई पत्र पठाएपछि गृह मन्त्रालयले पक्राउ पूर्जी जारी गरेको थियो ।

त्यतिबेला पूर्जी जारी गरेपनि ती उद्योगीहरु नियमित रुपमा तत्कालीन उद्योगमन्त्रीसँग छलफलमा थिए । उनीहरु काठमाडौंमा नै थिए तैपनि प्रहरीले पक्राउ गर्न सकेको थिएन । यसपाली पनि ठ्याक्कै त्यस्तै गरिएको किसानहरुको आरोप छ । जो–जो उद्योगीहरुलाई पक्राउ गर्न पूर्जी काटिएको छ, ती सबै उद्योगमन्त्री लेखराज भट्टको सम्पर्कमा छन् । तर आन्दोलनलाई कमजोर गर्नका लागि पक्राउको नाटक गरेको आरोप किसानहरुले लगाएका छन् । उद्योगीहरु लगातार मन्त्रालयमा गएर छलफल गरिरहेका छन् । मंसिर २९ गते पनि मन्त्री भट्टसँग उद्योगीहरुले छलफल गरेका थिए ।

किसानको बक्यौता रकम चाँडै भुक्तानी गर्ने प्रतिबद्धता जनाएर गएको भोलिपल्ट अर्थात मंसिर ३० मा गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री भट्ट, कृषिमन्त्री घनश्याम भुसाल र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री ह्रदयेश त्रिपाठीबीच छलफल भएर उद्योगीलाई पक्राउ गनुपर्ने निश्कर्ष निकालेका थिए । तर उद्योगीहरु पक्राउ नपर्नुले के साँच्चै उनीहरु सरकारको सम्पर्कमै छैनन् या किसान आन्दोलन कमजोर पार्न गरिएको षड्यन्त्र भन्ने प्रश्न उब्जिएको छ ।

वार्तामा गएनन् किसान

वार्ताका लागि उद्योग मन्त्रालयले दुई पटक पत्र पठाए पनि आन्दोलनकारी किसान वार्तामा गएका छैनन् । गत वर्ष सरकारसँग पाँच बुँदे सम्झौता भइसकेको हुनाले पुनः सम्झौताका लागि नै वार्तामा नजाने आन्दोलनकारीको अडान छ । ‘भएका सम्झौता कार्यान्वयन गरि दिए हुन्छ, वार्तामा अरु कुनै नयाँ कुरा हुने छैन अनि किन वार्तामा जानु रु’

आन्दोलनको अगुवाई गरिरहेका राकेश मिश्रले भने, ‘सरकारले गरेको प्रतिवद्धताअनुसार हाम्रो बक्यौता रकम भुक्तानी गराईदिनुपर्छ वा सरकारले आफ्नो कोषबाट किसानको रकम दिनुपर्ने भनि हामीले सरकारलाई खबर पठाएका छौं, सरकारले हामीलाई रकम नदिलाएसम्म सडकबाट हट्ने छैनौं ।’ बिहिवार उखु किसानको आन्दोलनको बारेमा छलफल गर्नका लागि संसदीय समितिले सरोकारवालाहरुलाई बोलाएको छ ।


प्रकाशित : २०७७ पुष १, बुधबार १५:३५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण
  • राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन
  • कपिलवस्तुमा जेन–जी युवाहरूको रास्वपाप्रति आकर्षण, मोहनलाल आचार्यलाई खुला समर्थन
  • संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न
  • कपिलवस्तुको क्षेत्र नं ३ मा राष्ट्रिय जनमोर्चाको चुनावी भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

ज्येष्ठ नागरिकको हक, अधिकार र निरोगितामा प्रदेश सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री आचार्य

पौष १५ देखि २६ गतेसम्म १३ औँ शुद्धोदन फर्साटिकर कप–२०८२ आयोजना

हिमालयन रिम फिल्म प्रदर्शनी

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

कपिलवस्तु फोटोग्राफर संघमा प्रकाश चौधरीको नेतृत्व

बिश्व स्थनपान सप्ताहकाे अवसरमा जनकल्याण युवा क्लबद्वारा अन्तरक्रिया

बाणगंगामा शैक्षिक सफलता उत्सव: आवर विज्डम विद्यालयद्वारा एसईई टप विद्यार्थीलाई भव्य सम्मान

ब्राइट लुम्बिनी : शिक्षा, व्यवसाय र समाजको त्रिवेणीमा अग्रणी संस्था

लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशतमात्रै विकास बजेट खर्च

बाणगंगा नदीमा चोरी तस्करीको अखडा, जोखिममा प्रगति ४ मौजा सिंचाई आयोजना

बुद्धशान्तिद्धारा आयोजित निसान स्मृति कप फुटवल खेल रोचक बन्दै

प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनीमा सोमवार सार्वजनिक बिदा

भर्खरै

  • मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

  • पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

  • टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

  • ६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

  • सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल

  • टी–२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डको लगातार दोश्रो जीत

  • हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै

  • कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

  • कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech