
लुदअ पुस ३, काठमाण्डौ
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद प्रक्रियामा आफ्नो कुनै संलग्नता नरहेको बताउनुभएको छ ।
सङ्घीय संसद प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा उपस्थित हुनुभएका मन्त्री ढकालले स्वास्थ्य सामग्री खरिदमा आफ्नो कुनै संलग्नता नभएको बताउनुभएको हो ।
उहाँले स्वास्थ्य सामग्री खरिदमा आर्थिक र अन्य विषयसँग सरोकार राख्ने र त्यसलाई प्रभावित गर्ने कुरामा आफ्नो संलग्नता नरहेको स्पष्ट पार्नुभएको छ । तर आफूले मन्त्रालयको नेतृत्व गरेको हिसाबले महामारीको विरुद्धमा सहजीकरण गर्ने खालको सन्दर्भमा नीतिगत रूपमा मन्त्रिपरिषदमा प्रस्ताव पठाउने विषयमा मात्रै सहमति जनाएको बताउनुभयो ।