१० महिनापछि मस्जिद खुलेको दिन

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ ३ पुस, काठमाडौं
कोरोना भाइरस महामारीका कारण बन्द रहेको काठमाडौंको कश्मिरी मस्जिद शुक्रबार खुलेको छ । मस्जिद खुलेको पहिलो दिन कश्मिरी मस्जिदमा इस्लाम धर्मावलम्बीको भीड लागेको थियो । उनीहरुले सामूहिक रुपमा अल्लाहको दर्शन गर्ने र नमाज पढ्ने गरे ।

२०७६ चैत महिनामा सरकारले लकडाउन गरेदेखि मस्जिदहरु पनि बन्द थिए । पछिल्लो समय सरकारले स्वास्थ्य मापदण्ड अपनाएर धार्मिक स्थलहरु पनि खोल्न सकिने निर्णय गरेसँगै मस्जिद पनि खुला गरिएको हो ।


प्रकाशित : २०७७ पुष ३, शुक्रबार १४:४५