संसद विघटनको सिफारिसप्रति नेकपा (मसाल) को कडा आपत्ति , कांग्रेस प्रतिवादमा उत्त्रिने,

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौं । मन्त्रिपरिषदले संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निणर् गरेको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषदको आकष्मिक बैठकले प्रतिनिधिसभा विघटन गर्ने निणर्य गरेको हो ।

सत्तारुढ नेकपाभित्र चरम द्वन्द्व चर्किरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अकस्मात मन्त्रिपरिषद बैठक राखेर संसद विघटन गर्ने निणर्य गरिएको हो ।
सरकारको सो कदमप्रति नेकपा (मसाल) ले कडा आपत्ति जनाएको छ । महामन्त्री मोहनविक्रम सिंहले आइतबार विज्ञप्ति प्रकाशित गरी सरकारको कदमलाई ‘अप्रजातान्त्रिक कदम’ भएको बताए ।

विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रिमण्डलले संसद विघटनको लागि गरेको निणर्य र त्यसका लागि राष्ट्रपति समक्ष गरेको सिफारिसलाई नेकपा (मसाल) ले गम्भीर प्रकारको गल्ती र अप्रजातान्त्रिक कदम मान्दछ । र, त्यसको कडा शब्दमा विरोध र भ्रर्त्सना गर्दछ ।’
कांग्रेस प्रतिवाद उत्रने
यता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् विघटन गर्ने मन्त्रिपरिषद्को सिफारिसप्रति आपत्ति जनाएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सेतोपाटीसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरे भने त्यसको हामी राजनीतिक सबै रूपले प्रतिवाद गर्छौं।’
प्रधानमन्त्री ओलीले आइतबार बिहान आकस्मिक रूपमा मन्त्रिपरिषद बैठक बोलाउँदै संसद विघटनको सिफारिस गरेका थिए। उक्त सिफारिस मन्त्रिपरिषदले राष्ट्रपतिकहाँ पठाउँदै छ। संविधानमा संसद विघटन गर्न सक्ने व्यवस्था छैन।

शर्माले संसद विघटन प्रधानमन्त्रीको अविवेकी निणर्य र अधिनायकवादी आकांक्षाको निणर्य भएको बताए।

‘स्थितरताको कुरा भ्रमपूणर् रहेछ। ओलीको कुशासनले देश आक्रान्त थियो,’ उनले भने, ‘राजनीतिक रूपमा हामी यसको कडा प्रतिवाद गर्छौं।’


प्रकाशित : २०७७ पुष ५, आईतवार ०५:४५