विगतका तिता–पिरा बिर्सेर सँगै चुनावमा जाऔँ : प्रधानमन्त्री ओली

[sharethis-inline-buttons]

लुदअ पुस ७, काठमाण्डौ
प्रधानमन्त्री केपी शर्मा ओलीले विगतका तिता–पिरा बिर्सेर एकताबद्ध भएर चुनावमा जान नेकपाका नेताहरुलाई आग्रह गर्नुभएको छ ।

सोमबार दिउँसो देशवासीका नाममा सम्बोधन गर्दै उहाँले संसद्लाई बन्दी बनाउने अवस्था आएकैले आफूले संसद् विघटन र चुनावको निर्णय लिएको बताउँदै अब विगतका गल्ती सुधार्दै एकताबद्ध भएर चुनावमा जान आग्रह गर्नुभएको हो ।

‘यसअघि भएको चुनावमा पार्टी पहिलो हुनुमा केपी ओलीको कुनै योगदान छैन भन्ने हामी पो निर्णायक हौँ भन्ने कमरेडलाई लोकप्रियता र क्षमताको मापन गर्न यसले अवसर दिनेछ, प्रधानमन्त्री बन्न व्यग्र प्रयासमा रहेका नेताहरुलाई ताजा जनादेशले विकल्प दिनेछ, प्रतिपक्षी दललाई पनि आफ्ना एजेण्डा जनताबीच लैजान अवसर प्रदान गर्नेछ’, ओलीले भन्नुभएको छ ।


प्रकाशित : २०७७ पुष ७, मंगलवार ०१:४१