संसद् विघटन नहुने स्पष्ट व्यवस्था संविधानमै छ, सर्वोच्चताको लागि एक होऔँ : सापकोटा

ByLumbini Darpan Online

८ पुष २०७७, बुधबार १५:११ ८ पुष २०७७, बुधबार १५:११ ८ पुष २०७७, बुधबार १५:११

लुदअ पुस ८, काठमाण्डौ
विघटित प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले पुस १७ गतेभित्र सङ्घीय संसद्को सातौँ अधिवेशन सुरु गर्न गृहकार्य भइरहँदा अप्रत्याशित रूपमा प्रतिनिधि सभामाथि अवरोध सिर्जना गरिएकोमा सिङ्गो प्रतिनिधि सभा र आफू मर्माहत भएको बताउनुभएको छ ।

बुधबार ९आज० विज्ञप्तिमार्फत सापकोटाले संविधानको धारा ७६ मा प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने स्पष्ट व्यवस्था रहेको पनि स्मरण गराउनुभएको छ ।

सापकोटाले संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा प्रतिनिधि सभाको पूर्ण कार्यकालको परिकल्पना गरिएको तथ्य पनि उल्लेख गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सात दशकयताका विभिन्न आन्दोलनको जगमा संविधान सभामार्फत् जनताका प्रतिनिधिले बनाएको संविधानको पालना सिङ्गो मुलुकको प्रमुख कार्यभार हो । संविधानको रक्षार्थ पुनः एक पटक राजनीतिक दलका बीचमा उच्चस्तरीय समझदारीको आवश्यकता अझ बढेर गएको छ । साथै, संवैधानिक सर्वोच्चताका लागि माननीय सदस्यहरू, राजनैतिक दल, नागरिक समाज, कानुन व्यवसायी, बुद्धिजीवी, सञ्चार जगत तथा सम्बद्ध सबै पक्ष संवेदनशील र गम्भीर बन्नुपर्ने बेला आएको छ ।’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *