सरकारको कदमको खुलेरै विरोध गर्नुपर्छ : कांग्रेस

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ पुस ८, काठमाण्डौ
कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार भोलि बस्ने गरी सकिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद् विघटनको समीक्षासहितका एजेण्डामा छलफल गरेर धारणा बनाउन मङ्गलबार ९हिजो० देखि कांग्रेस केन्द्रीय समितिको बैठक बसेको हो ।

बुधबार गगन थापा, बलबहादुर केसी, आनन्द ढुङ्गाना र रामशरण महतले धारणा राखेका छन् । बैठकमा बोल्ने सदस्यले सरकारको कदमको खुलेरै विरोध गर्नुपर्ने र यो विषयमा नेपाली कांग्रेस भित्रबाट फरक मत आउन नहुनेमा जोड दिएका छन् ।

नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकको दोस्रो दिन बुधबारको बैठक सकिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले संसद् विघटनको कदमको प्रतिरोध गर्ने जानकारी दिनुभएको छ ।

कांग्रेस पदाधिकारीको बैठकले यसअघि नै सरकारको कदमलाई सर्वसत्तावादी सोचको संज्ञा दिँदै विरोध जनाइसकेको छ ।

यस्तै सर्वदलीय बैठकमा पनि कांग्रेसले संसद् विघटनको विरुद्धमा सङ्घर्ष गर्न सहमति जनाएको छ ।


प्रकाशित : २०७७ पुष ८, बुधबार १५:१५