ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

ठाउँ अभावका कारण प्रहरीसँगै सुत्छन् थुनुवा

लुम्बिनी दर्पण २०७७ पुष ८, बुधबार १५:१७
[sharethis-inline-buttons]

लुदअ पुस ८, डोटी
सुदूरपश्चिम प्रदेशका प्रहरीलाई घटनाका आरोपितलाई थुनामा राख्न समस्या हुने गरेको छ । प्रदेशका अधिकांश प्रहरी चौकीमा थुनुवा राख्ने कोठा नहुँदा समस्या भएको हो । विगतका सशस्त्र द्वन्द्वका समयमा भत्काइएका अधिकांश प्रहरी चौकी अहिलेसम्म पनि पुनर्निर्माण नहुँदा तथा ग्रामीण क्षेत्रमा प्रहरीका आफ्नै भवन नहुँदा थुनुवा राख्न समस्या हुने गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार प्रदेशमा सशस्त्र द्वन्द्वको समयमा भत्काइएका चार दर्जनभन्दा बढी प्रहरी इकाइमध्ये अहिलेसम्म १५ भवन मात्रै निर्माण गरिएका छन् । केही निर्माणका क्रममा भएका कारण थुनुवा राख्न समस्या भएको हो ।

थुनुवा राख्ने ठाउँ नभएका कारण यहाँका अधिकांश प्रहरी चौकीका प्रहरीले थुनुवालाई आफूसँगै राखेर सुत्न बाध्य भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक डीएसपी इन्द्रबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कतिपय प्रहरी चौकीमा अहिलेसम्म पनि थुनुवा राख्ने अलग्गै ठाउँ छैन, राति भागे समस्या पर्छ, त्यसैले थुनुवालाई आफूसँगै राखेर सुत्न बाध्य छन् ।’

कहिलेकाहीँ प्रहरीको भन्दा थुनुवाको सङ्ख्या बढी हुने भएकाले पनि प्रहरी चौकीमा समस्या हुने गरेको इलाका प्रहरी कार्यालय वीपीनगरका प्रहरी निरीक्षक ९इन्स्पेक्टर० लालबहादुर ऐरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कैयौँ प्रहरी कार्यालय पुनर्निर्माण गरिएका छैनन्, निर्माण भएका ठाउँमा पनि थुनुवा राख्ने ठाउँ कमी हुने भएकाले झन् समस्या हुने गरेको छ ।’

पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा रहेको इलाका प्रहरी कार्यालय दिपायलमा थुनुवा कोठाको अभावमा प्रहरीलाई लामो समयदेखि समस्या हुँदै आएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक ९सई० धर्मानन्द जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो प्रहरी भवन निर्माण प्रक्रियामा छ, हामी विमानस्थलमा सरेका छौँ, यहाँ हिरासत नभएका कारण थुनुवा राख्न समस्या भएको छ, थुनुवा राख्ने ठाउँ नहुँदा हामी जिल्ला प्रहरी कार्यालय पठाउन बाध्य छौँ ।’

यहाँका प्रहरी चौकीमा महिला थुनुवा राख्ने ठाउँ नभएका कारण पनि प्रहरीलाई झनै समस्या हुँदै आएको छ । जोरायल, वीपीनगर, बायल, बोगटान तथा जिल्ला प्रहरी कार्यालयबाहेक अन्य क्षेत्रमा रहेका प्रहरी चौकीमा महिला थुनुवा राख्ने ठाउँ नभएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रहरी चौकीमा महिला र पुरुष थुनुवा राख्ने अलग्गै हिरासत कक्ष बनाउनुपर्ने नेपाल प्रहरीको मापदण्ड भए पनि यहाँका ग्रामीण क्षेत्रका पालिकामा निर्माण भएका चौकीमा महिला हिरासत कक्ष नभएकाले कुनै कारणवश महिला बन्दी थुन्नु परे समस्या हुने गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक एसपी जनकराज पाण्डेयले बताउनुभयो ।


प्रकाशित : २०७७ पुष ८, बुधबार १५:१७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech