राजापानी सामुदायिक बनद्धारा पर्यापर्यटन सम्बन्धि योजना सार्वजनिक (पृष्ठभुमि सहित)

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य कपिवलवस्तु, पुष ११
राजापानी सामुदायिक बन उपभोक्ता समुह बाणगंगा नगरपालिका ३ राजापानी कपिलवस्तुले वन क्षेत्रमा पर्यापर्यटन कार्यक्रम सञ्चालन सम्बन्धमा विभिन्न योजना सार्वजनिक गरेको छ । राजापानिमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा वनका अध्यक्ष ढाकारम अधिकारीले विभिन्न निती, कार्यक्रम तथा आगामि दिर्घकालिन कार्ययोजना सार्वजनिक गरेका हुन् । योजनामा बिगत २०७० साल देखि सामुदायिक बनमा रहेको राजापानी मुललाई आधार बनाएर बनभोज स्थलको रुपमा बिकास गर्ने क्रमसंगै वर्तमान समयमा नेपाल सरकारको निति बमोजिम सामुदायिक बनमा पर्यापर्यटन प्रवद्र्धन कार्यविधि २०७५ लाई आत्मसाथ गर्दै सोही बमोजिम अगाडी बढाउन खोजिएको उल्लेख गरिएको छ ।

यो पर्यापर्यटन क्षेत्रले उचित ब्यवस्थापन, पर्याप्त साधन श्रोत तथा प्रचार प्रसार भएको खण्डमा बाणगंगा नगरपालिका, कपिलवस्तु जिल्ला, लुम्बिनी प्रदेश संगै नेपालको समेत अन्य देशहरुमा पहिचान दिन सक्ने अवस्था रहेको छ । नेपाल भारत सिमाना जोड्ने सडकसंग जोडिएको यो क्षेत्र बिभिन्न अन्य मुलुकका पर्यटकको समेत गन्तब्य बन्न सक्ने आँकलन गरिएको छ । त्यस्तै योजना सार्वजनिक गर्दै स्थानिय उपभोक्ताहरुको आर्थिक तथा सामाजिक बिकासका साथ साथै राज्यको समेत आम्दानीको एक महत्वपुर्ण आम्दानीको श्रोत बन्न सक्ने भएकाले २०७७ पौष १७ देखि प्रबेशमा समेत शुल्क निर्धारण गरी सामुदायिक बनले काठ दाउरा बाट मात्र आम्दानी गर्ने गर्दछ भन्ने धारणालाई परिवर्तन गर्ने पनि वनले योजना बनाएको छ ।

विगतमा मुल सागुरो अवस्थामा रहेको थियो त्यसलाई फराकिलो गराउने र त्यसको पानीको निकाशलाई ब्यवस्थापन, मुलबाट निस्केको पानी संचितिको लागि पोखरी निर्माण, पर्यापर्यटनको कार्यक्रम सञ्चालनको लागि बिभाजन गरिएको वन क्षेत्रमा तारवार र केहि मात्रामा पर्खाल निमार्ण गर्ने काम सम्पन्न भएको छन् । अध्यक्ष अधिकारीले लुम्बिनीसंग नजिकमा रहेको कपिलवस्तु जिल्ला र त्यसमा एउटा मुल जो बुद्धसंग सम्बन्धित रहेको, सानो प्रयासबाट पनि राजापानी पर्यापर्यटनको शुरुवात भएको बताए ।

यसलाई जिल्लाको एउटा महत्वपुर्ण पर्यटनको गन्तब्य बनाउन यसको महत्व र पर्यटकहरुको वर्तमान आकर्षणलाई मध्यनजर गरी निर्माण गरिएको गुरुयोजनाको आधारमा बजेटको उचित ब्यवस्थापन हुन सकेमा नेपालमा महत्वपुर्ण पर्यटन गन्तब्यको सुचिमा सुचिकृत हुन सक्ने अवस्था रहेकोले सबैको साथ र सहयोगको अपेक्षा गरिएको वनले जनाएको छ । पत्रकार भेटघाट कार्यक्रममा वनका अध्यक्ष सहित, पदाधिकारीहरु तथा बाणगंगा नगरपालिकाका क्रियाशिल संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०७७ पुष ११, शनिबार १४:०२