नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ७ हजार भन्दा कम

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ पुस ११, काठमाण्डौ
नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ७ हजारभन्दा कममा झरेको छ ।

पछिल्लो २४ घन्टामा ८ सय ४० जना निको भएसँगै नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ६ हजार ७ सय ४९ जनामा झरेको हो ।

अहिलेसम्म २ लाख ४९ हजार १ सय ३२ जना कोरोना सङ्क्रमणबाट निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घन्टामा ५ हजार ४ सय २४ जनाको पीसीआर परीक्षण गर्दा ५ सय जना नयाँ सङ्क्रमित थपिएका छन् ।

अहिलेसम्म २ लाख ५७ हजार ७ सय जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । यस्तै थप ३ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय १९ पुगेको मन्त्रालयले जनाएको छ ।


प्रकाशित : २०७७ पुष ११, शनिबार १५:२९