Latest Posts

प्रदेशमा एक हजार सिलिन्डर अक्सिजन मौज्दात राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

  लुदस, काठमाडौं , साउन, ११ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात वटै प्रदेश आपूर्ति केन्द्रलाई कम्तीमा पनि एक...

कांग्रेसको पदाधिकारी बैठक बस्दै

लुदस, काठमाडौं, साउन ११ नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । स्थगित भएको अधिवेशनको नयाँ मिति तय...

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दियो

  लुदस,काठमाडौँ,साउन ११ निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ। आज केन्द्रीय कार्यकारिणी परिषद्का बहुमत सदस्यको...

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दियो

लुदस,काठमाडौँ,साउन ११ निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ। आज केन्द्रीय कार्यकारिणी परिषद्का बहुमत सदस्यको हस्ताक्षर...

रुपन्देहीमा आज ४६ संक्रमित थपिदा , २६ जना संक्रमणमुक्त २ को मृत्यु

बुटवल साउन ११ रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४६ जना नयाँ संक्रमित थपिदा २६ जना संक्रमणमुक्त छन्। पछिल्लो २४...

Latest Posts

प्रदेशमा एक हजार सिलिन्डर अक्सिजन मौज्दात राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

  लुदस, काठमाडौं , साउन, ११ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात वटै प्रदेश आपूर्ति केन्द्रलाई कम्तीमा पनि एक हजार वटा अक्सिजनका सिलिण्डर भरेर राख्न निर्देशन दिएको छ । मन्त्रालयले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै विगतका दिनहरुमा जस्तै कोरोना...

खर खडाइका लागि बर्दिया निकुञ्ज प्रवेश गरेका १ जनाको ज्यान गयो, १ घाइते

लुदअ पुस ११, बर्दिया
खर खडाइका लागि बर्दिया निकुञ्ज प्रवेश गरेका बारबर्दियाका एक जनाको ज्यान गएको छ भने एकजना भालुको आक्रमणमा परि घाइते हुनुभएको छ ।

बर्दिया निकुञ्जको चुरे क्षेत्रमा बाबियो काट्न गएका बेला बारबर्दिया नगरपालिका सिउनिया घुस्राका ४२ वर्षीय वरन्तु थारुको निकुञ्जभित्रै ज्यान गएको निकुञ्जले जनाएको छ ।

उनको ज्यान जानुको मुख्य कारण खुल्न नसके पनि भिरबाट लडेर ज्यान गएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिनुभयो ।

बनिया भारबाट प्रहरी र निकुञ्जको टोली घटनास्थलतर्फ गएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो । यस्तै बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी क्षेत्र भास तालनजिक भालुको आक्रमणबाट एक जना घाइते हुनुभएको छ ।

घाइतेको आँखा र हातमा चोट लागेको छ । उहाँको नाम ठेगाना खुल्न नसकेको र घाइतेलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको निकुञ्जले जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रका स्थानीयका लागि हरेक वर्षझैँ यसवर्ष पनि शनिबारदेखि तीन दिनका लागि निकुञ्ज प्रवेश खुल्ला गरेको छ ।

अन्तिम अपडेटस् पुस ११, २०७७

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *