नेपाल किसान ट्रयाक्टर समितिमा मतदान अन्तिम चरणमा, अध्यक्षमा कडा प्रतिस्पर्धा

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

मोहन बेल्वासे
नेपाल किसान ट्याक्टर समिति कपिलवस्तुको आठौ अधिवेशन अन्र्तगत ६ पदका लागि मतदान अन्तिम चरणमा भैरहेको छ । समितिको आफ्नै भवन पुलचोकमा अध्यक्ष, २ उपाध्यक्ष, सचिव र बाणगंगा ८ का २ सदस्य का लागि मतदान भएको निर्वाचन मण्डलका सह संयोजक रविराज आचार्यले बताए । अध्यक्षमा शंकर प्रसाद पौडेल र मनोहर योगि विच कडा प्रतिस्पर्धा भैरहेको छ ।

 

२ उपाध्यक्षका लागि ४ जना विच प्रर्तिस्पर्धा भएको हो । क्षेत्रगत उपाध्यक्ष बाणगंगा क्षेत्रबाट हरि प्रसाद न्यौपाने र सन्तबहादुर पौडेल विच , रुपन्देहि क्षेत्रबाट उपाध्यक्षमा भिम श्रेष्ठ र रिषिराम सापकोटा विच मतदान भएको हो । त्यसैगरि सचिवमा सन्तोष खत्री मरासिनी र सक्रान्ति थारु र बाणगंगा ८ का २ सदस्यका लागि ५ जना विच प्रतिस्पर्धा भएको निर्वाचन समितिका सदस्य कृष्ण प्रसाद पौडेलले बताए । समितिमा वरिष्ठ उपाध्यक्ष , २ उपाध्यक्ष , महासचिव , कोषाध्यक्ष सहितका अन्य सदस्य भने यसअघि नै निर्विरोध निर्वाचित भएका हुन् । वरिष्ठ उपाध्यक्षमा वेचन यादव, उपाध्यक्ष शिवराज क्षेत्रका देविराम अधिकारी,शिवराज क्षेत्र अब्दुल सत्तार खाँ , महा(सचिवमा झविन्द्र खनाल निर्विरोध चयन भएका छन भने कोषाध्यक्षमा विष्णु गिरी , लेखा समिति संयोजकमा पदम रेग्मी, सदस्यहरुमा केदारनाथ पाण्डे, राम बहादुर भुषाल निर्विरोध हुन सफल भएका हुन् ।

समितिमा ५ सय २४ सदस्य रहेको र ८० प्रतिशत मत खस्ने निर्वाचन समितिले जनाएको छ । राति ९ बजे सम्म नतिजा आउने निर्वाचन मण्डलको भनाई छ । मतदान ठिला शुरु भएको हुदा ५ बजे सम्म चल्ने जनाईएको छ ।


प्रकाशित : २०७७ पुष १३, सोमबार १०:४४