ओलि कदम विरुद्ध कपिलवस्तु लगाएत देशैभर कांग्रेसको प्रर्दशन सहित सभा

लुदस जीतपुर
प्रतिनिधि सभा विघटनको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन संम्पन्न गरेको छ ।
आज १ सय ६५ वटा निर्वाचन क्षेत्रमा प्रदर्शन भएको नेपाली कांग्रेसले जनाएको छ । हरेक सङ्घीय निर्वाचन क्षेत्रमा विरोध र्‍याली र सभा संम्पन्न भएको हो । विभिन्न निर्वाचन क्षेत्रमा दलका शीर्ष नेताहरूले सम्बोधन गरिरहेका छन् ।
कपिलवस्तुमा पनि ३ वटै निर्वाचन क्षेत्रमा कोणसभा सम्पन्न भएको हो ।

नेपाली कागे्रंस पार्टीको केन्द्रिय परिपत्र अनुसार सरकारले गरेको असबैधानिक कदम विरुद्ध नेपाली कागे्रंस कपिलवस्तुले ३ वटै निर्वाचन क्षेत्रमा सरकार विरुद्ध विरोध प्रर्दशन गरेको छ ।

संसद विघटन र सरकार अधिनायकवाद तर्फ लागेको भन्दै नेपाली कागे्रंस कपिलवस्तले । क्षेत्र नं १ को बुद्ध रंगशालामा कार्यकर्ता हरुको ४ नं जितपुरमा विरोध प्रदर्शन गरेको थियो ।

त्यस्तै क्षेत्र नं २ को महाराजगंज नगरपालिका क्षेत्रमा नगर परिक्रमा गरि महाराजगंजमा पुगेर कोण सभा गरिएको थियो । । उता क्षेत्र नं ३ मा शिवराज नगरपालिकाको चन्द्रौटामा विरोध सभा सम्पन्न भएको छ ।

कार्यक्रममा वोल्दै नेताहरुले केपी ओली सरकार र राष्ट्पतिको मिलोमतोमा लोकतन्त्रमाथी खेलवाड गरि लोकतन्त्र मास्न र एकाधिकारको लागि संसद विघटन गरेको प्रति आपक्ती जनाएका थिए । क्षेत्र नं को कार्यक्रममा नेपाली कागे्रंसका केन्द्रिय सदस्य अतहर कमाल, पुर्व मन्त्री कमलेश कुमार शर्मा, पुर्व पार्टी सभापती राजेश आर्चाय, जिल्ला नेता हरिराज घिमिरे, महेन्द्र पाठक विष्णु थापा ,शक्ति सिंह ठकुरी, दिनेश क्षेत्री मगल प्रसाद थारु लगाएत बोलेका थिए ।

, क्षेत्र २ को महाराजगजंमा क्षेत्रिय सभापति केशव कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय आमन्त्रित सदस्य राजेश सिंह,पुर्व पार्टी सभापति सुधाकर पाण्डेय, जिल्ला उपाध्यक्ष अब्दुल कलाम खां, क्षेत्रिय सभापति गिरिजेश कुमार पाण्डेय,महिला संघ सभापति मिना केसी, रुपक खनाल लगायत बोलेको कार्यक्रमको संचालन युवा नेता गगेश कुमार तिवारीले गरेका थिए ।

उता क्षेत्र नं ३ मा क्षेत्रिय सभापति अकेल मियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय आमन्त्रित सदस्य अभिषेक प्रताप शाह लुम्विनी प्रदेश विपक्षी दलका नेता ,विरेन्द्र कुमार कनौडिया जिल्ला नेता प्रेम बहादुर रायमाझी, अजय थापा हुमकान्त खनाल लगायत बोलेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनको घोषणा गरेसंगै नेपाली कांग्रेसलगायत अरू दल र नेकपाभित्रैबाट विरोध भइरहेको छ ।
संसद् विघटनको घोषणापछि नेकपा औपचारिक रूपमै दुई समूहमा विभाजित भएका छन् ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *