
लुदअ पुस १५, काठमाण्डौ
प्रधानमन्त्री एवं नेकपाको ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम आफ्नो दलको कब्जामा हुने दाबी गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई काठमाण्डौमा सम्बोधन गर्दै ओलीले सुदूरपश्चिममा अब आफ्नो दलको बर्चस्व हुने र त्यसको लागि कडा परिश्रम गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । ‘सुदूरपश्चिमका जुझारु कार्यकर्ताले हाम्रो पार्टीलाई पहिलो बनाउनेछन्, सुदूरपश्चिम अब हाम्रो पार्टीको कब्जामा हुनेछ’, ओलीले भन्नुभयो ।
पार्टीको संगठन निर्माण भइरहेको र सबै ठाउँमा नियुक्ती पूरा भइ नसकेकाले पद पाइन भनेर चित्त नदुखाउन पनि आग्रह गर्नुभयो ।

