आईसुलेशनमा मृत्यु भएका विजयनगरका भरको परिवारलाई गाउँपालिकाद्धारा आर्थिक सहयोग

ByLumbini Darpan Online

२६ चैत्र २०७६, बुधबार ११:१० २६ चैत्र २०७६, बुधबार ११:१० २६ चैत्र २०७६, बुधबार ११:१०

राम प्रकट कोरी कपिलवस्तु, चैत २६
कोरोनाको आशंकामा कपिलवस्तु आईआइसुलेशन वार्डमा उपचाररत गोबर्धन भरको मृत्यु पछि उनका परिवारलाई काजकृया स्वरुप विजयनगर गाउंपालिकाले २० हजार आर्थिक सहयोग प्रदान गरेको छ । मृत्यक परिवारको आर्थिक अवस्था दयनीय रहेकोेले उक्त रकम दिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले जानकारी दिएका छन् ।

विजयनगर गाउंपालिका वडा नं. २ का ३० वर्षीय गोवर्धनको भरको कपिलवस्तु अस्पतालको आइसुलेसन वार्डमा सोमवार राती मृत्यु भयो । उनको स्वाब परिक्षण पछि उनमा कोरोना भाईरसको संक्रमण नभएको पुष्टि भएको अस्पतालले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *