
लुदअ जितपुर, चैत्र २६
गुल्मीबाट दाङ्गका लागि हिडदै गरेका मजदुरहरुलाई आज ४ नं मा निशुल्क खाना खुवाईएको छ ।
लकडाउनका कारण निर्माणको काम रोकिएपछी सोमबार गुल्मीबाट दाङ घर हिडेका २० जना मजदुरलाई तरुण दल, नेपाल विधार्थी संघको पहलमा ४ नं का स्थानिय नेत्र पौडेलले खाना खुवाएका हुन् ।
४ नं स्थित प्रतिक्षालयमा विश्राम गरिरहेका युवा युवती केटा केटी लाई देखेपछी तरुण दल कपिवलस्तुका युवाहरुले सोधपुछका क्रममा आफुहरु २ दिन अधि गुल्मीबाट रातदिन हिडेर यहाँ आएको बताएका थिए ।
करिव १२ बजेको समयमा आएका उनिहरुलाई स्थानिय ले खाना खुवाएर पठाएका हुन् । उनिहरुलाई खाध्यन्न लिएर दाङ जादै गरेको ट्रकमा व्यवस्थापन गरि घर पु¥याउने तयारी भैरहेको विधाथी संघका नेता दिनेश क्षेत्रीले जानकारी दिए । खाना खाईसकेपछी कतिपय मजदुरका आखाँबाट खुसिका आसु समेत वर्षेका थिए ।

