
हरि आचार्य कपिलवस्तु, चैत्र २८
कपिलवस्तुमा शुक्रवार सांझ सम्म कोही पनि कोरोना संक्रमित भेटिएका छैनन् । साझ सम्म जिल्लाका १० स्थानिय तहले निर्माण गरेका ९ सय ८२ क्वारेन्टाईन बेडमा ८ सय ४९ जना रहेकोमा २ सय ३२ डिस्चार्ज भई हाल ६ सय १७ जना रहेको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज सैनीले जानकारी दिएका छन् । जसमध्ये २७ महिला तथा बाँकी पुरुष रहेको बताईएको छ । क्वारेन्टाईनमा बस्ने संख्यामा क्रमशः कम भईरहेको छ ।
सीमा सुरक्षाकर्मीहरु थप गरि २४ सै घण्टा खट्न निर्देशन दिईएकाले अन्य देशका भारत लगायत अन्य देशबाट आवतजावत गर्नेको संख्या शुन्य रहेको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले बताएका छन् । उनले विदेशबाट आएका व्यक्तिहरुलाई क्वारेन्टाईनमा पठाउनका लागि जिल्लाका स्थानिय तह, सुरक्षाकर्मी तथा जनप्रतिनिधीहरुलाई निर्देशन गरिएको बताए । उनले प्रत्येक स्थानिय तहमा रातह वितरण समितिले सक्रियता पुर्वक राहत वितरणा गरिरहेको बताए ।
त्यस्तै जिल्ला प्रहरीका प्रवक्ता सुनिल मल्लले सुरक्षा अवस्थामा कडाई गरिएको बताउदै अत्यावश्यक काम वाहेक घरबाट निस्कने सवारी साधन तथा लकडाउन उल्लघंन गर्नेलाई बाटोमै रोकि परामर्श दिएको समेत बताए ।