आज नयाँ बर्ष, कपिलवस्तु सहित देशैभर राष्ट्रिय गान र ताली सहित स्वागत

हरि आचार्य कपिलवस्तु, बैशाख १
आज नयाँ बर्ष, २०७७ सालको पहिलो दिन कपिलवस्तु सहित देशैभर घरमै बसेर धुमधामका साथ स्वागत गरिएको छ । विभिन्न राजनितिक उतारचढाव तथा विश्व महामारी संगै २०७६ सालको अन्त्य भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधनका क्रममा मेरो सरकार भन्ने शब्दबाट राजनितिक विवाद भई कोरोना भाईरस (कोभिड १९) जस्तो विश्व महामारीसंगै लकडाउनको अवस्थामा हरेक नेपालीले कोरोना मुक्त विश्वको कामना सहित नयाँ बर्षको स्वागत गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आईतवार राष्ट्रिय गान गाउन र ताली बजाउन गरेको आह्वान अनुसार कपिलवस्तु सहित देशैभर घरघरमा तालि सहित राष्ट्रिय गान गाई नयाँ बर्ष २०७६ सालको स्वागत गरेको देखिन्थ्यो । कपिलवस्तुको चार नम्बर चोक तथा अन्य घरहरुमा यो कार्य गरिएको हो ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *